जनकपुरधाममा विवाहपञ्चमीको रौनक र रमझममय

जनकपुरधाम,२२मंसिर। जनकपुरधाम यतिबेला विवाहपञ्चमीको रौनक र रमझममय बनेको छ । सीताराम विवाहपञ्चमी महोत्सवको मुख्य दिन बुधवार जनसागर उर्लिएको छ। विवाहपञ्चमीको मुख्य दिन बुधबार रंगभूमि मैदान (बाह्रविघा)मा स्वयंवर कार्यक्रम सम्पन्न भएको छ।
विवाह उत्सवमा सहभागी हुन नेपाल र भारतको विभिन्न स्थानबाट श्रद्धालुहरू जनकपुरधाम आएका छन् । स्वयंवर कार्यक्रममा सहभागी हुनका लागि हजारौँको सङ्ख्यामा श्रद्धालु भक्तजनहरूको भीड लागेको छ। बुधबार राम मन्दिर र जानकी मन्दिरबाट डोला निकाली रंगभूमि मैदान बाह्रविघामा गएर स्वयंवर कार्यक्रम भएको छ। सो अवसरमा नेपाली सेनाको हेलिकप्टरले पुष्प वृष्टि गरेको थियो। सीता,राम विवाह कार्यक्रम आज राति सम्पन्न हुनेछ।