धनगढी,२०जेठ।कैलालीमा जेठ ३१ गतेसम्मका लागि निषेधाज्ञा लम्ब्याइएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीको कोभिड १९ सङ्कट व्यवस्थापन समितिको बैठकले थप ११ दिन निषेधाज्ञा लम्ब्याउन सिफारिस गरेसँगै स्थानीय प्रशासनले यस्तो निर्णय गरेको हो ।
वैशाख १६ गते जारी भएको निषेधाज्ञा पटक पटक थपिँदै आएको छ । स्थानीय प्रशासनले जारी गरेको आदेशअनुसार अत्यावश्यक सेवा बाहेकका अन्य सरकारी कार्यालय, सार्वजनिक संस्थारसंस्थान लगायतका सेवा निषेधाज्ञा अवधिभर बन्द रहनेछन् । मापदण्ड अपनाएर केही समय बैंक खोल्न पाइनेछ भने खाद्यान्नका पसल पनि निश्चित समय र बार अनुसार खोल्न पाइनेछ ।
यस्तो छ आदेश हाल विश्वभर फैलिइरहेको नयाँ भेरियन्ट सहितको कोभिड(१९ को संक्रमण यस जिल्लामा समेत तीब्र रुपमा बढिरहेको हुँदा यसको रोकथाम र नियन्त्रणका निमित्त नेपाल सरकार ९मन्त्रिपरिषद्० को निर्णय, कोभिड( १९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ को दफा ४ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ले दिएको अधिकार प्रयोग गरी मिति २०७८ जेष्ठ २१ गते बिहान ०१स्०० बजेदेखि मिति २०७८ जेष्ठ ३१ गते राति १२स्०० बजेसम्म कैलाली जिल्लाभर लागू हुने गरी तपसिल बमोजिमको आदेश जारी गरिएको छ। सदाझैं यस आदेशको पालना गर्नुरगराउनु सम्बन्धित सबै सरकारीरगैरसरकारी संघसंस्था, व्यक्ति, पेशाकर्मी, उद्योगीरव्यवसायी, सञ्चारकर्मी तथा आमनागरिकको कर्तव्य हुनेछ। यस आदेशको उल्लंघन भएको पाइएमा प्रचलित कानून बमोजिम कारवाही हुने व्यहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ।
१। सर्वसाधारणको आवतजावतको हकमा
क- औषधि, खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदको कामका साथै अत्यावश्यक सेवा लिनुपर्दा बाहेक कुनै पनि व्यक्ति घर बाहिर ननिस्किने।
ख- दुई व्यक्तिबीच कम्तीमा २ मिटरको भौतिक दूरी कायम राख्ने।
ग- अनिवार्य रुपले मास्कको प्रयोग गर्ने, पटक(पटक साबुनपानीले हात धुने र स्यानिटाइजरको प्रयोग गर्ने।
२- सभा सम्मेलन तथा नित्य पूजा आदिको हकमा
क- सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर, क्लब, स्वीमिङ पुल, सपिङ मल, मनोरञ्जन स्थल, सैलून, ब्यूटी पार्लर, हेल्थक्लब, फुटसल, जिमखाना, पुस्तकालय, संग्रहालय, रंगशालामा हुने दर्शक सहितको खेलकूद र मानिसहरुको भिडभाड हुने अन्य सबै प्रकारका कार्यक्रम सञ्चालन गर्न नपाइने।
ख- खुला स्थानमा मानिसहरु भेलाजम्मा हुन, भिडभाड गर्न, सभा जुलुस, जात्रा महोत्सव, भोज भतेर आदि गर्न(गराउन नपाइने।
ग-विवाह व्रतबन्धको हकमा बढीमा ७ जनासम्म हुने, स्वास्थ्य मापदण्डको अनिवार्य पालना गर्ने गरी आफ्नो घर वा बसेको स्थानमा मात्र गर्ने होटल तथा पार्टी प्यालेसमा गर्न नपाउने। यस्ता कार्यक्रममा एउटा मात्र सवारी साधन ९बेहुला(बेहुली समेतले प्रयोग गर्ने गरी० ब्यानरका आधारमा आवतजावत गर्न पाउने।
घ-पुजारीबाट हुने नित्य पूजा बाहेकका सम्पूर्ण धार्मिक तथा सांस्कृतिक गतिविधिहरु संचालन गर्न नपाइने।
३- शैक्षिक संस्था, कृषि, उद्योग तथा निर्माण कार्यको हकमा
क- शैक्षिक संस्थाहरु ९विद्यालय, कलेज, ट्युसन सेन्टर, तालीम केन्द्र० संचालन गर्न, गराउन र शैक्षिक परीक्षाहरु संचालन गर्न(गराउन नपाइने।
ख- अत्यावश्यक उद्योग सञ्चालन तथा निर्माण कार्यका लागि स्वास्थ्य सुरक्षाका मापदण्डको अनिवार्य पालना गर्ने गरी सम्भव भएसम्म कार्यस्थलमा नै श्रमिकरकामदारको आवासीय व्यवस्था गरी सञ्चालन गर्ने।
ग- अत्यावश्यक वस्तु, निर्माण सामग्री तथा मलखाद र बीउबिजन ढुवानी गर्दा स्वास्थ्यका मापदण्ड अनिवार्य पालना गरी सञ्चालन गर्ने।
घ- नेपाल सरकारबाट जारी गरेको स्वास्थ्य मापदण्डको पूर्ण परिपालना गरी कृषि कार्य गर्न सकिने।
४- सार्वजनिक एवम् निजी सवारी साधन सञ्चालनको हकमा
क- अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, विरामी तथा कुरुवा ९बढीमा २ जना० बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी, पशु स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन बाहेक अन्य सार्वजनिक एवम् निजी सवारी साधन मिति २०७८र०२र२१ गते बिहान ०१स्०० बजे देखि २०७८र०२र३१ गते राति १२स्०० बजेसम्म जिल्लाभर सञ्चालनमा रोक लगाउने।
ख-अत्यावश्यक सेवाहरु जस्तै एम्बुलेन्स, खानेपानी, विद्युत मर्मत सम्भार, स्वास्थ्य सम्बद्ध ९औषधि, अक्सिजन सिलिण्डर०, दूरसञ्चार, इन्टरनेट मर्मत, कुरियर तथा डाँक सेवा र फोहोरमैला व्यवस्थापन सम्बन्धी ढुवानी तथा यातायातका साधनमा ब्यानर वा प्रिन्टमा विषय उल्लेख गरी सञ्चालन गर्न पाउने।
ग-तरकारी, फलफूल, खाद्यान्न, दूध तथा दूग्धजन्य पदार्थ र सोको प्याकिङ सामग्री, कुखुराको दाना, चल्ला र पशुपंक्षीजन्य पदार्थ, भेटनरी सम्बन्धी कार्य, ईन्धन, खाना पकाउने ग्याँस, सरसफाईमा प्रयोग गरिने मास्करसाबुनरस्यानिटाइजर लगायत ढुवानी गर्ने यातायातका साधनमा व्यानर वा प्रिन्टमा विषय उल्लेख गरी जनस्वास्थ्यका मापदण्डको अनिवार्य पालना गर्ने गरी न्यूनतम जनशक्ति प्रयोग गरी सञ्चालन गर्न पाउने।
घ-भन्सार बिन्दुबाट भ्हष्त ल्यतभ जारी भएका मालवाहक सवारी साधन तथा सम्बन्धित भन्सार प्रमुखले मालसामान छुटाउन भनी आउन जारी रुट खुलाई अनुमति स्वीकृति प्रदान गरेका त्यस्ता मालसामान छुटाउने भन्सार एजेन्ट तथा कर्मचारीलाई अनुमतिमा उल्लेख गरेको दिन र स्थानसम्म आवतजावत गर्न दिने।
ङ-अत्यावश्यक सेवा बाहेकका सरकारी कार्यालय, सार्वजनिक संस्थान लगायतका कार्यालयहरुको सेवा प्रवाह हाललाई स्थगन गर्ने। बीमा, बैंक तथा वित्तीय सेवाको हकमा बिहान ०७स्०० बजेदेखि दिउसो ११स्०० बजेसम्म मात्र बढीमा ५० प्रतिशत मात्र कर्मचारी राखी जनस्वास्थ्यका मापदण्डहरुको कडाईका साथ पालना गरी सञ्चालन गर्न सकिने।