धनगढी,१९जेठ । निषेधाज्ञाको उल्लङ्घन गर्दै नेपालीहरु भारतीय बजारमा किनमेल गर्न जान थालेका छन् । कैलालीको धनगढीउप–महानगरपालिकाको फूलवारीसंग सिमा जोडीएको सोडा बजारमा स्थानियहरु किनमेलको लागि भारतीय बजारमा जान थालेपछि कोराना संक्रमणको समेत खतरा बढेको हो । दैनिक जसो सशस्त्र प्रहरी बल, बीओपी फूलवारी नजिकैको बाटो भएर दैनिकजसो नेपालीहरु किनमेलको लागि भारतीय बजारमा जाने गरे पनि सशस्त्र प्रहरी मुखदर्शक भएको स्थानियले आरोप लागएका छन् । स्थानिय रामचन्द्र ओझाले भने– ‘हामीलाई सटर खोल्ने बितिक्कै सशस्त्र प्रहरी आएर हप्काउने तर भारतीय बजार सोडामा दैनिक जसो नेपालीहरु किनमेल गर्न जादा के कोरोना फैलिदैन,’ ? सीमा हेर्ने जिम्मेवारी बोकेको भारतीय बजारमा किनमेल गर्नेहरुलाई नरोकेरे प्रहरी आफै निषेधाज्ञाको उलङ्गन गरिरहेको ओझाको आरोप छ ।
पछिल्लो समयमा प्रशासनले लागाएको निषेधाज्ञाको उलङ्गन गर्दे स्थानियहरु भरतीय बजार सोडा गएर किनमेल गर्नेको संख्यामा बृद्धि भईरहेको स्थानियहरुले जानकारी दिएका छन् । यसरी दैनिक जसो स्थानियहरु भरतीय बजारमा गएर किनमेल गर्दा कोरोना संक्रमण फैलिने खतरा बढेपनि स्थानिय सशस्त्र प्रहरी र प्रहरी प्रशासन मुखदर्शक भएको स्थानियहरुले गुनासो गर्दै आईरहेका छन् ।
सुरक्षकर्मीकै मिलेमतोमा तस्करी
धनगढीको फूलवारीसंग सीमाना जोडीएको फूलवारी सीमा क्षेत्रबाट सशस्त्र प्रहरी र प्रहरीकै मिलेमतोमा अबैध समानको तस्करी भईरहेको स्थानियको आरोप छ । प्रशासनले कोरोना संक्रमण न्युन गर्न थालिएको निषेधाज्ञाको मौका छोपी चोरी –तस्करीमा तिव्रता आएको स्थानियले आरोप छ । तस्करले उपमहानगरपालिकाको फूलवारी क्षेत्रका सीमा नाकाहरुबाट दैनिकजसो भारतीय सामग्रीहरुको चोरी निकासी भईरहदा समेत प्रहरी कानमा तेल हालेर सुतेको स्थानिय जनाताको आरोप छ ।
चोर नाकाबाट चिनी, तेल, चामल, रषायनिक मल, कपडा, स्पेयर पार्टस्, कुखुरा र कुखुराको चल्ला, अन्डा, कस्मेटिक तथा सुर्तीजन्य सामग्रीहरु तस्करी हुने गरेको बताईएको छ । त्यस्तै, रातको समयमा खसीबोका समेत चोरी हुने गरेको स्थानीय बताउँछन् ।
नाकाहरुमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल तैनाथ रहेपनि तस्करी नियन्त्रणमा आउन सकेको छैन । सुरक्षाकर्मीहरुकै मिलेमतोमा यस क्षेत्रबाट तस्करी हुँदै आइरहेको डिपो बजार व्यवस्थापन समितिका अध्यक्ष कृष्ण पाण्डेले बताए । उनले भने, ‘यस क्षेत्रमा कोरोना फैलिनुको कारण यहाँको प्रहरी प्रशासन र सशस्त्र प्रहरीको फितलो नीतिले गर्दा हो । जवसम्म सशस्त्र र प्रहरी प्रशासनले ओभर टाइम नीति ( कमिसन ) त्याग गर्दैनन् तवसम्म चोरी निकासी कम हुदैन ।,’
चोरी तस्करी नियन्त्रणमा भन्दा पनि सीमा नाकामा बसेर पैसा असुल्ने काममा प्रहरी संलग्न रहेको धनगढी उपमहानगरपालिका –१४ का स्थानीय उमेश चौधरीले बताए । ‘तस्करीमा सीमा नाकामा रहेका सुरक्षाकर्मीले चासो दिएर खटिने हो भने यो निर्मुल गर्न सकिन्छ ।’ धनगढी उपमहानगरपालिका–१८ का वडा अध्यक्ष मुरारी अधिकारीले बताए । उनले भने, ‘माथिल्लो हाकिमहरुलाई मिलाएर यहाँ तस्करीको लाइन सञ्चालन भइरहेको हो कि भनेर आशंका गर्ने ठाउँ छ , मासिक रकम दिएर सञ्चालित तस्करी फस्टाउँदै गएको छ ।’
माथिल्लो निकायले तस्करी नियन्त्रण गर्न तत्काल पहल गर्नुपर्नेमा स्थानीयहरुको जोड छ ।
फूलवारी नाकाबाट शसस्त्र प्रहरीकै मिलेमतोमा चोरी तस्बरी बढ्यो भन्ने प्रश्नमा सशस्त्र प्रहरी बिओपी फूलवारीका इन्चार्ज देब सिंह भाटले २४ घण्टा चोरी तस्करी गर्नेकोपछी लाग्न नसकिने भन्दै गैर जिम्वेवार जवाफ दिए । तस्करी रोक्ने पहल भइरहेको बताउदै कसैले तस्करी गरे रोकेर हामीलाई खबर गर्न समेत भाटले आग्रह गरे । देखे जतिलाई हामीले फर्काइराखेको छौ, भरतीय बजारमा किनमेल गर्न जानेहरु बुझ्नुहुन्न रोक्ने रोकिराखेका छौ त्यो भन्दा के गर्ने ?’ ईन्चार्ज भाटको जबाफ छ ।