टेलिकम भर्सेस एनसेल : कसको डेटा प्याक राम्रो ?

धनगढी,०२ फागुन। नेपाल विश्वमै महंगो मोबाइल डेटा भएको मुलुकमा पर्ने गरेको छ । सीमित प्रतिस्पर्धाका कारण नेपालमा मोबाइल इन्टरनेट महंगो हुन पुगेको हो ।
हाल डेटा प्याक नलिएरै मोबाइल डेटा चलाउँदा प्रति एमबी नेपाल टेलिकममा एक रुपैयाँ र एनसेलमा दुई रुपैयाँ पर्ने गरेको छ । प्याकेज नलिएर चलाउँदा टेलिकम सस्तो भए पनि डेटा प्याकको परिदृश्य भने केही फरक छ ।
मोबाइल डेटाको नियमित दर महंगो भए पनि प्याकेज खरिद गर्दा भने प्रति एमबी २ देखि ३ पैसामै डेटा सुविधा प्रयोग गर्न सकिन्छ । आज हामीले नेपालका दुई ठूला मोबाइल सेवा प्रदायक नेपाल टेलिकम र एनसेलमध्ये कसको डेटा प्याक आकर्षक तथा सस्तो छ भन्ने विषयमा चर्चा गर्दै छौं ।
एक घण्टे प्याक
एनसेल र नेपाल टेलिकम दुवैले एक घण्टासम्म प्रयोग गर्न मिल्ने अनलिमिटेड प्याकेज ल्याएका छन् । जसमा टेलिकमले २० रुपैयाँमा एक घण्टा अवधिभर अनलिमिटेड कल, डेटा वा एसएमएस सेवा प्रयोग गर्न सकिने सुविधा दिएकाे छ ।
जब कि एनसेलमा एक घण्टाको अनलिमिटेड सेवाका लागि २२ रुपैयाँ तिर्नुपर्ने हुन्छ । यसमा इन्टरनेट मात्र चलाउन सकिन्छ । शुल्क र सुविधा हेर्दा एनसेलभन्दा नेपाल टेलिकमको एक घण्टे प्याकेज उपयुक्त छ ।
यसैगरी टेलिकमले एक रात मान्य अवधि रहेको अनलिमिटेड डेटा प्याकेजको मूल्य २० रुपैयाँ राखेको छ । यसमा तपाईंले एक जीबीसम्म नियमित गतिमा र त्यसपछि सीमित गतिमा डेटा प्रयोग गर्न सक्नुहुन्छ ।
यो डेटा प्याक राति ११ बजेदेखि बिहान ६ बजेको बीचमा प्रयोग गरी सक्नुपर्ने हुन्छ । त्यसैगरी एक घण्टासम्म प्रयोग गर्न सकिनेगरी अनलिमिटेड डेटा प्याक समेत लिन सक्नुहुन्छ ।
फोरजी प्याक
फोरजीको नाममा टेलिकमले एनसेलको भन्दा धेरै प्याकेजहरु बनाएको छ । दुवै कम्पनीले प्याकेजमा प्राप्त हुने कुल डेटामध्ये आधा डेटा अल टाइम र बाँकी डेटा फोरजीमा प्रयोग गर्न मिल्नेगरी यी प्याकेज डिजाइन गरेका छन् ।
टेलिकमको फोरजी प्याकेजमा एक देखि २८ दिन अवधिका प्रति एमबी ६.२५ पैसादेखि १५ पैसा प्रति एमबी पर्ने चार वटा प्याकेज उपलब्ध छन् ।
तर एनसेलले यस अन्तर्गत दुई वटा मात्रै प्याकेज ल्याएको छ । एक दिन र तीन दिन समयावधिका ती प्याकेजका लागि प्रति एमबी १५ पैसादेखि १५.४१ पैसा पर्न आउँछ । मूल्य र प्यकेजको विकल्प दुवै रुपमा एनसेलको फोरजी प्याकेजभन्दा टेलिकमको प्याकेज राम्रो छ ।
अवधि |
टेलिकम प्याकेज/प्रति एमबी |
एनसेल (प्रति एमबी) |
१ दिन |
(१००/४०० एमबी) १५/६.२५ पैसा |
(८० एमबी) १५ पैसा |
३ दिन |
|
(२४० एमबी) १५.४१ पैसा |
७ दिन |
(१ जीबी) १० पैसा |
|
२८ दिन |
(३ जीबी) ८.६७ |
|
प्रति दिन एक जीबी डेटा
प्रति दिन एक जीबी डेटामा दुवै कम्पनीको आआफ्नै किसिमको प्याकेज रहेको छ । यसमा टेलिकमले ३ वटा विकल्प दिएको छ ।
जसमा प्रति एमबी ३.४ पैसादेखि ४.५ पैसा पर्न आउँछ । टेलिकमको प्याकेजको लोभ्याउने पक्ष के छ भने यसमा ७ दिने र २८ दिने प्याकेजमा बोनसको रुपमा भ्वाइस सेवा उपलब्ध गराइएको छ । डेटामा मात्र राखेको एनसेलले यस अन्तर्गत एउटा मात्र विकल्प दिएको छ ।
जसमा प्रति एमबी २.६६ पैसामै मोबाइल इन्टरनेट प्रयोग गर्न सकिन्छ । डेटा मात्र चलाउन चाहनुहुन्छ भने तपाईंका लागि एनसेलको प्याकेज उपयुक्त हुनसक्छ । तर भ्वाइस समेत चाहनुहुन्छ भने तपाईंले टेलिकमलाई रोज्न सक्नुहुन्छ ।
अवधि |
नेपाल टेलिकम प्रति एमबी |
एनसेल प्रति एमबी |
१ दिन |
४.५ पैसा |
|
७ दिन |
३.५७ पैसा (बोनस ९८ मिनेट भ्वाइस) |
|
२८ दिन |
३.४ पैसा (बोनस ३९२ मिनेट भ्वाइस) |
|
३० दिन |
|
२.६६ पैसा |
अलटाइम डेटा प्याक
टेलिकम र एनसेलले उपलब्ध गराइरहेका डेटा प्याकहरु मध्ये अल टाइम डेटा प्याकमा नै सबैभन्दा धेरै विकल्प छन् । तर यस अन्तर्गतका प्रायः सबै विकल्पहरुमा एनसेलले राम्रो सुविधा अफर गरेको छ । एनसेल टेलिकमभन्दा प्रति एमबी एक दिने प्याकेजमा ३ पैसा, तीन दिने प्याकेजमा ४.७५ पैसा र साप्ताहिक प्याकमा ६ पैसा सस्तो छ ।
मासिक प्याकेजमा भने एनसेलले ३० दिन अवधि र टेलिकमले २८ दिन अवधिका प्याकेजहरु ल्याएको छ । यदि दुई दिन अवधिको फरकलाई एकछिन बर्सिने हो भने मासिक रुपमा उपब्ध प्याकेजमा समेत एनसेलले नै बाजी मारेको छ ।
यसमा एनसेलभन्दा सस्तो दरमा डेटा प्रयोग गर्न ८०० रुपैयाँमा टेलिकमको १६ जीबी प्याकेज लिनुपर्ने हुन्छ । यसमा प्रति एमबी डेटाको दर ५ पैसा पर्न आउँछ ।
अवधि |
टेलिकम/प्रति एमबी |
एनसेल/प्रति एमबी |
१ दिन |
(१००/२५० एमबी) १५ पैसा |
(१५० एमबी) १२ पैसा |
३ दिन |
(५०० एमबी) १० पैसा |
(८०० एमबी) ५.२५ पैसा |
७ दिन |
(८०० एमबी) १२.५ पैसा |
(१.५ जीबी) ६.५ पैसा |
१४ दिन |
|
(२ जीबी) ६.९५ पैसा |
३० दिन |
|
(३.५ जीबी) ७.१ पैसा |
३० दिन |
|
(६ जीबी) ६.६५ पैसा |
३० दिन |
|
(१० जीबी) ५.९९ पैसा |
२८ दिन |
(२.५ जीबी) ११.२ पैसा |
|
२८ दिन |
(७ जीबी) ७.१४ पैसा |
|
२८ दिन |
(१६ जीबी) ५ पैसा |
|
सोसल मिडिया प्याक
सामाजिक सञ्जाल प्रयोगकर्तालाई लक्षित गर्दै दुवै कम्पनीले फरक प्रकारका प्याकेजहरु ल्याएका छन् । टेलिकमले अनलिमिटेड फेसबुक युट्युव प्याकेजको नाम दिएको छ भने एनसेलले नन स्टप फोरजीको रुपमा यसलाई बजारीकरण गरेको छ ।
अवधि |
टेलिकम |
एनसेल/प्रति एमबी |
१ दिन |
|
३१ रुपैयाँमा अनलिमिटेड फेसबुक |
१ दिन |
|
३१ रुपैयाँमा अनलिमिटेड टिकटक |
३ दिन |
५५ रुपैयाँमा अन लिमिटेड युट्युव |
|
३ दिन |
५५ रुपैयाँमा अनलिमिटेड फेसबुक |
|
३ दिन |
१५ रुपैयाँमा फेसबुक र युट्युवका लागि १ जीबी |
|
७ दिन |
|
१९१ रुपैयाँमा अनलिमिटेड युट्युव र फेसबुक/ ४ जीबी थप डेटा |
७ दिन |
|
१२७ रुपैयाँमा अनलिमिटेड युट्युव/ ४ जीबी थप डेटा |
७ दिन |
|
१२७ रुपैयाँमा अनलिमिटेड फेसबुक/ ४ जीबी थप डेटा |
७ दिन |
|
अनलिमिटेड टिकटक/थप डेटा ३.१७ पैसा |
३० दिन |
|
अनलिमिटेड युट्युव/थप डेटा ७.६५ पैसा |
३० दिन |
|
अनलिमिटेड फेसबुक/थप डेटा ७.६५ पैसा |
३० दिन |
|
अनलिमिटेड टिकटक/थप डेटा ७.६५ पैसा |
टेलिकमको डे प्याक भर्सेस एनसेलको अल्वेज अन
टेलिकम डे प्याक बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म प्रयोग गर्न सकिने गरी २४ घण्टा मान्य अवधि रहेको डे प्याक उपलब्ध गराइरहेको छ । दुई वटा विकल्प रहेको यो प्याक अन्तर्गत ६ पैसा र ८.३३ पैसा प्रति एमबी दरमा डेटा प्रयोग गर्न सकिन्छ ।
भोलुम |
मूल्य |
प्रति एमबी |
२५० एमबी |
१५ |
६ पैसा |
१२० एमबी |
१० रुपैयाँ |
८.३३ पैसा |
टेलिकमको डे प्याक
एनसेलमा टेलिकमको डे प्याक जस्तै थोरै अवधिको तर अलिक फरक अल्वेज अन नामक डेटा प्याकेज रहेको छ । दुई वटा विकल्प रहेको यो प्याकेजमा समग्रमा प्रति एमबी २.५३ पैसा देखि २.९४ पैसामै डेटा चलाउन सकिन्छ ।
तर यसमा उपलब्ध बढी जसो डेटा राति ११ बजेदेखि बिहान ११ बजेसम्म प्रयोग गर्नुपर्ने हुन्छ भने बाँकी डेटा जुनसुकै बेला प्रयोग गर्न सकिन्छ । एनसेलको अल्वेज अन प्याकहरुमा डेटा सस्तो र बढी अवधिसम्म प्रयोग गर्न सकिने भएकाले टेलिकमको डे प्याकेजभन्दा उत्कृष्ट छन् ।
अवधि |
अलटाइम भोलुम |
राति ११-बिहान ११ सम्म |
मूल्य |
दर प्रति एमबी |
१ दिन |
२५६ एमबी |
७६८ एमबी |
२६ |
२.५३ |
३ दिन |
४०० एमबी |
१२०० एमबी |
४७ |
२.९४ |
एनसेलको अल्वेज अन प्याक
टेलिकमको लार्ज डेटा प्याक भर्सेस एनसेलको मेरो प्लान
टेलिकमले लामो समयका लागि धेरै डेटा लिन चाहने ग्राहका लागि लार्ज अर्थात ठूलो डेटा प्याक समेत ल्याएको छ । जसमा सबैभन्दा सस्तो विकल्पको रुपमा प्रति एमबी ५ पैसामा डेटा प्रयोग गर्न सकिन्छ ।
कम अवधिका अन्य प्याकेजमा डेटा प्रयोग गर्न नपाउँदै समयावधि समाप्त भइरहेको हुन्छ । तर यसमा लामो समयावधि रहने भएकाले त्यस किसिमको चिन्ता लिइरहनु पर्दैन ।
एक पटक यस्तो डेटा प्याक लिइसकेपछि दुईदेखि चार महिना ढुक्क भइन्छ । यदि प्याक खपत नगर्दै सकिने चिन्ता छ भने अग्रिम रुपमा धेरै रकम तिर्नुपरे पनि यो तपाईंका लागि सबैभन्दा उपयुक्त विकल्प हुन सक्छ ।
अवधि |
भोलुम |
मूल्य |
प्रति एमबी |
६० दिन |
३० जीबी |
१६०० |
५.३३ पैसा |
१२० दिन |
६० जीबी |
३००० |
५ पैसा |
टेलिकमको लार्ज डेटा प्याक
नियमित धेरै डेटा खपत गर्नेहरुलाई लक्षित गर्दै एनसेलले मेरो प्लान नामक डेटा प्याक दिइरहेको छ । यस अन्तर्गतको प्याकेज लिँदा त्यसको अवधि अथवा भोलुम समाप्त भएलगत्तै तपाईंको मोबाइलमा पर्याप्त ब्यालेन्स छ भने स्वतः त्यही प्याकेज नवीकरण हुने गर्दछ ।
यो प्याकेज अन्तर्गत तपाईंले प्रति एमबी ३ पैसासम्म सस्तोमा मोबाइल डेटा प्रयोग गर्न सक्नुहुन्छ ।
अवधि |
डेटा |
मूल्य रु |
दर प्रति एमबी |
७ दिन |
२ जीबी |
९५ |
४.७५ |
७ दिन |
ननस्टप युट्युव प्लस ४ जीबी |
१२७ |
३.१७ |
१५ दिन |
२ जीबी |
१४७ |
७.३५ |
३० दिन |
३ जीबी |
२५४ |
८.४७ |
३० दिन |
६ जीबी |
३८१ |
६.३५ |
३० दिन |
१५ जीबी |
६३७ |
४.२४ |
३० दिन |
३० जीबी |
९८० |
३.२७ |
३० दिन |
४० जीबी |
११९९ |
३ |
एनसेलको मेरो प्लान
एनसेलले ३० दिनभन्दा बढी अवधिका लागि कुनै पनि डेटा प्याक ल्याएको छैन । यसअर्थ कम्पनीले नियमित डेटा प्रयोग गर्न सकिनेगरी ल्याएको मरो प्लान र टेलिकमको लार्ज डेटा प्याकलाई हामीले यहाँ तुलना गर्ने प्रयास गरेका छौं ।
टेलिकमले प्याकेजको भ्यालिडिटी धेरै राखे पनि डेटाको मूल्य भने प्रति एमबी ५ पैसाभन्दा बढी छ । टेलिकमका यी प्याकेजले धेरै डेटाका लागि एकमुस्ट धेरै खर्च गर्न प्रयोगकर्तालाई कुनै पनि हिसाबले आकर्षित गर्न सक्ने देखिँदैन ।
उदाहरणको लागि एनसेलको ३० दिन भ्यालिडिटी रहेको १५ जीबी प्याकेज स्वतः नवीकरण हुँदा दुई महिनामा ३० जीबीका लागि १२७४ रुपैयाँ पर्न जान्छ । जब कि टेलिमकबाट एकमुस्ट रुपमा दुई महिनाका लागि ६० जीबी डेटा लिँदा समेत १६०० रुपैयाँ तिर्नुपर्ने अवस्था छ ।
स्टे कनेक्टेड प्याक
टेलिकमले कोभिड १९ को महामारिको समयलाई लक्षित गर्दै ल्याएको यो प्याक अझै कायम छ । जुन कम्पनीका उपलब्ध डेटा प्याक मध्ये सबैभन्दा सस्तो विकल्प पनि हो ।
यसमा तपाईंले प्रति मिनेट २ पैसामै मोबाइल डेटा प्रयोग गर्न सक्नुहुन्छ । तर यसमा उपलब्ध डेटा मध्ये धेरै जसो डेटा फोरजी नेटवर्कमा मात्र प्रयोग गर्न सकिन्छ ।
यदि तपाईं फोरजी कभरेज भएको स्थानमा हुनुहुन्छ र धेरै डेटा आवश्यक पर्छ भने यो नै सबैभन्दा उपयुक्त विकल्प हो । यसमा तपाईंले चार पटक सात दिने प्याक लिँदा समेत २८ दिनका लागि जम्मा ८०० रुपैयाँ तिर्नुपर्ने हुन्छ ।
अवधि |
भोलुम |
मूल्य |
प्रति एमबी |
५ दिन |
४ जीबी (१ जीबी अलनेट+ ३ जीबी फोरजी) |
१०० |
२.५ पैसा |
७ दिन |
१० जीबी (२ जीबी अल नेट+ ८ जीबी फोरजी) |
२०० |
२ पैसा |
टेलिकमको पोस्टपेड प्याक
टेलिकमको पोस्टपेड मोबाइल प्रयोग गर्नुहुन्छ भने हरेक महिना मोबाइलमा अनिवार्य रुपमा काटिने रेन्टल चार्जको तनाव रहिरहन्छ । त्यसका लागि न्युनतम ३८४ रुपैयाँ खर्च गर्नै पर्ने हुन्छ ।
यदि तपाईंले कुनै पनि सेवा लिनु भएन वा अन्य भ्वाइस तथा डेटा प्याक मात्र प्रयोग गर्नु भयो भने पनि छुट्टै रेन्टल चार्ज अनावश्यक रुपमा काटिने गर्दछ ।
यस्तोमा टेलिकमको पोस्टपेड प्याक तपाईंका लागि उत्तम विकल्प हो । जसमा तपाईंले ३८४ रुपैयाँको बेसिक प्याकेज लिनु भयो भने एक महिनाका लागि ८ जीबी डेटा पाउनु हुन्छ ।
जसअनुसार प्रति एमबी ४.८ पैसामा डेटा प्रयोग गर्न सकिन्छ । त्यसो त ५९९ रुपैयाँमा उपलब्ध प्राइम प्याकेजमा समेत ६ जीबी डेटा उपलब्ध छ । यसमा ६ जीबी डेटासँगै ४०० मिनेट अन नेट तथा ५० मिनेट अफ नेट र २०० वटा एसएमएस समेत दिइएको छ ।
एनसेलको न्यु प्लान
एनसेलको न्यु प्लान खासगरी थोरै डेटा प्रयोग गर्ने तर भ्यालिडिटी बढी चाहनेहरुलाई लक्षित गर्दै ल्याइएको हो । यसमा प्रति एमबी १३.२ पैसादेखि २९.२३ पैसा पर्ने विकल्पहरु छन् ।
झट्ट हेर्दा निकै महंगो लागे पनि यदि तपाईं त्यति धेरै सामाजिक सञ्जाल वा वेब सर्फिङ गर्नुहुन्न र अनलाइन भुक्तानीका लागि मात्र डेटा खोजिरहनु भएको छ भने यी प्याक तपाईंका लागि उपयोगी हुन सक्छन् ।
अवधि |
डेटा |
मूल्य रु |
प्रति एमबी |
३ दिन |
६५ एमबी |
१९ |
२९.२३ पैसा |
५ दिन |
१५० एमबी |
३९ |
२६ पैसा |
७ दिन |
२०० एमबी |
४९ |
२४.५ पैसा |
१० दिन |
३०० एमबी |
५९ |
१९.६७ पैसा |
१४ दिन |
४०० एमबी |
६९ |
१७.२५ पैसा |
२१ दिन |
५५० एमबी |
७९ |
१४.३६ पैसा |
३० दिन |
७५० एमबी |
९९ |
१३.२ पैसा |