बझाङ, ८ असोज । बझाङ जिल्लाको मष्टा गाउँपालिका वडा २ की एक १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको छ । बुधबार बेलुका मष्टा गाउँपालिका २ की १२ वर्षीया नाम सम्झना कामीको बलात्कारपछि हत्या भएको पारिवारिक स्रोतले जनाएको छ ।
मृतक बालिकाका बाजे गोर्ख कामीले भन्नुभयो,बुधबार अपरान्ह ४ ः ३० बजे उहाँको गाउँ खिकालाबाट पशुचौपया बाँध्न सीमछानामा गएकी बालिका अबेरसम्म घर नआएपछि उहाँको खोजी गर्दै जाँदा गाउँभन्दा झण्डै दुई किलोमिटर टाढा पर्ने सीममन्दीरमा उहाँको शव फेला पारेको थियो ।
नातिनी अबेरसम्म नआएपछि कतै लडीकी भनेर खोजी गर्दै जाँदा मन्दिरभित्र मृत अवस्थामा फेला पारेको उहाँको भनाई छ । मृतक बालिकाको शरीरभरी नीलडाम छन् । उहाँको यौनीबाट रगत र पानी बगेको अवस्था छ भने बालिकाले लगाएको सुरुवाल समेत नभएको नग्न अवस्थामा शव फेला पारेको वडा नम्बर २ का वडा अध्यक्ष शेरबहादुर खड्काले जानकारी दिनुभयो ।
बालिकाको कानका लगाएका ५ आना बराबरका सुनसमेत लुटेर लिएको मृतकका बाजे गोर्ख कामीले जानकारी दिनुभयो । बालिकाका बुबा आमा रोजगारीका लागि भारतमा नै छन् । बालिका मष्टा निमावि तुतीका कक्षा ६ मा अध्यनरत हुन् ।
यता जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरिक्षक रुपक खड्काको नेतृत्वको टोली सहित घटना स्थलमा पुगेको छ । डीएसपी खड्काले बालिकाले कानका लगाएको मुन्द्रा नभएको र बालिकाको बलात्कारपछि हत्या भएको जानकारी दिदै उहाँले आफुहरु अनुसन्धानमा लागीपरेको बताउनुभयो ।