धनगढी,२असोज।दिनेश सञ्चार गृहमा भएको आक्रमणमा संलग्न रहेको आरोपमा थप दुई जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले दिएको जानकारी अनुसार आक्रमणमा संलग्न धनगढी उप–महागनरपालिका वडा नम्वर ५ का कुवेर खड्का र प्रमोद खड्कालाई पक्राउ गरिएको हो।
उनीहरुलाई भजनी नगरपालिकाबाट पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक विष्टले बताए।