धनगढी,२९भदौ।धनगढी उप–महानगरपालिकाका एक जना वडा सचिवमा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालमा भएको परीक्षणमा एक जना वडा सचिव (पुरुष) लाई संक्रमण पुष्टि भएको हो। उनि उपमहानगरपालिकाको वडा नम्बर १४मा कार्यरत रहेको सोही वडाका वड अध्यक्ष राम बजारी चौधरीले जानकारी दिएका छन् ।
उनलाई अनिवार्य आईसोलेसनमा राख्ने वा घरमै राख्ने भन्ने विषयमा वडा अध्यक्षले समन्वय गरिरहेको उप–महानगरपालिकाले जनाएको छ। उनको सम्पर्कमा आएका व्यक्तिको स्वाब संकलन गर्ने तयारी छ।