धनगढी,१४ चैत । मानवअधिकार अधिकार संरक्षण मंञ्च सुदूरपश्चिम प्रदेश समितीले नागरिकको स्वास्थ्य, विपन्नलाई राहत र उपभोग्य वस्तुको आपूर्तिमा संवेदनशील बन्न सरकारलाई आग्रह गरेको छ ।
शुक्रवार मंञ्चको अनलाईन स्काईफ बैठक पछि एक प्रेस बिज्ञप्ती जारी गर्दै उक्त आग्रह गरिएको हो ।
मञ्चद्धारा प्रकाशित बिज्ञप्तीमा नेपाली जनता र विश्व मानव समुदायप्रति समानुभूति सहित ऐक्यबद्धता जाहेर गर्दै उपचारमा रहेका सँक्रमित विदेशमा रहेका र नेपालमा उपचार भैरहेका दुईजना नेपाली नागरिकको सिघ्र स्वस्थ्यलाभको कामना सहित परिवारजन प्रति सहानुभूति ब्यक्त गरिएको छ ।
मञ्चका प्रदेश अध्यक्ष डिल्लीराज जोशी र सचिव राजेन्द्र रैकाद्धारा हस्ताक्षर गरिएको बिज्ञप्तीमा
तीनै तहका सरकार र सरोकारवाला सम्बद्ध सबैलाई यथासिघ्र परिणाममुखी सबै उपायहरु अबलम्बन गर्न तथा स्वस्थ्यसंस्था ,स्वस्थ्यकर्मी, औषधी तथा आवश्यक सामाग्री उपलब्ध गराउन र पूर्ण तयारीका लागि गम्भिर र जबाफदेही हुन अपिल गरिएको हो ।
पछिल्लो समय देश उच्चजोखिममा रहेको र तिनजनामा संक्रमण पुष्टि भएबाट आम नागरिकमा थप डर र चिन्ता बढेको छ । यस समयमा आफ्नै सुरक्षाका लागि हरेक नागरिकले संयम, शान्त र अनुशासितभई अन्तर्रा्ष्ट्रिय प्रोटोकल , विज्ञहरुको सुझाब र सरकारको लकडाउन एंव सामाजिक दुरी लगायतका निर्देशन, नियम पालना गर्दै सचेत तथा सतर्क भै घरभित्रै रहन समेत बिज्ञप्ती मार्फत आम नागरिकमा अपिल गरिएको छ ।
यस्तै आर्थिकरुपमा बिपन्न , दैनिक ज्यालादारी गरी जीवान निबार्ह गर्ने ब्यक्ति तथा कमजोर बर्गका लागि आर्थिक प्याकेज ल्याउन , बजेट रकमान्तर गरी कोरोना प्रभावित आर्थिक क्षेत्रमा विनियोजन गर्न, ब्याज सहुलियत सहित दैनिक खाद्य अभामा परेका परिवारहरुलाई तत्काल खाद्य ब्यबस्था सहजबनाई नागरिक प्रति जिम्मेवार बन्न सरकारसँग आग्रह गर्दछौ बिज्ञप्ती मर्फात आग्रह गरिएको छ ।