धनगढी , २९ माघ/धनगढी उप–महानगरपालिकाका प्रमुखले हिन्दुहरुको मुख्य चाड तथा थारु समुदायको नयाँ बर्ष माघे संक्रान्तिको अवसरमा शुभकामना ब्यक्त गरेका छन् ।
मंगलबार शुभकामना सन्देश दिदै नगर प्रमुख नृपबहादुर वड र उप–प्रमुख सुशीला मिश्र भट्टले पवित्र नदी, तलाउ तथा त्रिवेणीमा स्नान गरी पूजा आजासँगै पोषिला खानेकुरा खाएर मनाउने यस पर्वको आफ्नै आफ्नै महत्व रहेको बताएका छन् ।
माघे संक्रान्ति देखि सूर्य धनुबाट मकर राशीमा प्रवेश गरी उत्तरायण हुने हुनाले यसलाई मकर संक्रान्ति पनि भनिन्छ शुभकामना सन्देशमा उल्लेख छ । बहुधर्म, बहु संस्कृती र बहुभाषा भएको हाम्रो देशमा यस्ता चाड पर्वहरुले सामाजिक एकता, धार्मिक सहिष्णुता, भातृत्वलाई कसिलो बनाउने गरेको छ । धनगढी उप–महानगरपालिकाले हरेक जाति, बर्ग, क्षेत्र, धर्म र समुदायका चाडपर्वलाई समान प्राथमिकता दिदै आएको अवगत गराउन चाहन्छौं शुभकामना सन्देशमा भनिएको छ ।
साथै माघी पर्वमा होहल्ला तथा तडकभडक जस्ता कार्य नगर्न र यस पवित्र पर्वलाई सभ्य, भब्य तथा आर्थिक रुपमा मितब्यी बनाउन समेत आग्रह शुभकामना सन्देशमा उल्लेख छ ।