कैलाली २७ पुस/ धनगढीको फुलवारीमा रहेको ईन्द्रोदय आधारभुत विद्यालयका पूर्व प्रधानाध्यापक हर्क घर्तीको निधनको शोकमा आईतवार धनगढी बिद्यलयमा शोक बिदा दिईएको छ । दुबै मृगौला फेल भएपछि लामो समयदेखि काठमाडौंमा उपचार गराउँदै आएका घर्तीको ५७ बर्षको उमेरमा काठमाडौँमा शुक्रबार निधन भएको थियो। उनको शनिबार पशुपति आर्यघाटमा अन्त्यष्टी गरिएको छ ।
डोटीको घागलमा जन्मिएका घर्तीले फूलवारीको ईन्द्रोदय विद्यालय ई गाउँमा झण्डै ३३ बर्ष अध्यापन गरेका थिए। शिक्षा क्षेत्रमा घर्तीको उच्च योगदान रहेको शिवशंकर आधारभुत विद्यालय फूलवारीका प्रधानाध्यापक लक्ष्मिराज ओझाले बताए ।