कैलाली १२ पुस/ धनगढी उपमहानगरपालिका १४ (एचगाँउ) फूलवारीमा लाग्ने फूलवारी महोत्सवको तयारी पुरा भएको छ । न्यु बुद्ध स्पोर्ट युवा क्लबको आयोजनामा हुन गईरहेको फुलवारी महोत्सबको भोली आईतबार नगरप्रमुख नृप बहादुर वडले उद्घाटन गर्नेछन् । यसोदा फुड प्रा.ली (लाली, करेन्ट) तयारी चाउचाउको मुख्य प्रायोजन रहेको चौथौ संस्करणको महोत्सब पुस २२ गते सम्म चल्नेछ ।
महोत्सवको पहिलो दिन गायीका उमादेवी खनालको बेजोड् प्रस्तुति रहने आयोजकले जनाएको छ । महोत्सबमा यस वर्ष ६० भन्दा बढि व्यापारिक तथा परम्परागत जातजातीका खानपानका स्टल रहनेछन् भने स्थानीय कला संस्कृति र पहिचानलाई प्राथमिकता दिइनेको छ ।
महोत्सव अवधिभर प्रकाश सपुत, चक्र बम, मेलिना राई, दुर्गश थापा, प्रिति आले, कमला घिमीरे, टंम तिमिल्सेना, ज्योति मगर, पशुपति शर्मा, लाल बहादुर धामी लगाएतका स्थानिय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने आयोजक समीतिका अध्यक्ष महेश गोलेले जानकारी दिए । स्थानीय कला संस्कृति, पर्यटन व्यापार र कृषि प्रवद्र्धनका लागी फुलबारी महोत्सव हुन लागेको उनले बताए ।
महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती , जिल्ला स्तरीय खुल्ला लोकदोहोरी प्रतियोगिता , बिद्यालय स्तरीय नृत्य प्रतियोगिता , बिभिन्न सांस्कृतिक झाँकी लगायतका कार्यक्रम रहने छन् । महोत्सब अबधिभर दर्शककालागि निशुल्क ईन्टरनेटको ब्यबस्था समेत गरिएको छ ।