कञ्चनपुर, ३ पौष / शीतलहरका कारण तराईको जनजीवन प्रभावित बनेको छ । गएको मंगलबारदेखि लागेको बाक्लो हुस्सु र कुहिरो नहटेको तथा चिसो हावा चलिरहेकाले जनजीवन प्रभावित भएको हो ।
चिसोबाट सबैभन्दा धेरै बालबालिका, वृद्धवृद्धा र दैनीक ज्याला दारीका मजदुर समस्यामा परेका छन् । शीतलहरका कारण सर्वसाधारण घरबाहिर निस्कन नसक्दा यस क्षेत्रका मुख्य बजारमा समेत चलहपहल घटेको छ । सर्वसाधारण चोक चोकमा आगो वालेर चिसो छल्ने प्रयासमा रहेका छन ।
चिसोका कारण दैनीक जिवन यापनमै समस्या परिरहेको छ ।
विशेषगरी कैलाली, कञ्चनपुर, बाके, बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देही, चितवन, पर्सालगायतका जिल्लाहरुमा शीतलहरको असर बढी परेको छ ।
यता शीतलहरका कारण अत्याधिक चिसो बढेपछि कञ्चनपुरको भिमदत्तनगर पालिका, बेदकोट नगरपालिका र धनगढी उपमहानगरपालिका भित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालय विहिवार र शुक्रवार बन्द गर्ने निर्णय गरी विद्यालय बन्द गरीएका छन ।
शुक्रबारसम्म तराईका क्षेत्रमा शीतलहर कायम रहने र त्यसपछि फेरि पश्चिमी वायुको सामान्य प्रभाव हुने भएकाले पानी पर्ने सम्भावना रहेको मौषम विभागले जनाएको छ ।
हुस्सु लाग्न थालेपछि तराईका जिल्लाका किसान चिन्तित भएका छन् । हुस्सुले तोरी, गोलभेंडा, आलु, काउली लगायतका बालीमा क्षति र्पुयाउने भएपछि किसान समेत चिन्तित भएका हुन् ।