साबिक फूलवारी गाविसको अतिक्रमण गरिएको सार्वजनिक जग्गा फिर्ता

कैलाली १७ कातिक/ कैलालीको धनगढी उप–महानगरपालिका वडा नम्बर १८ मा अतिक्रमण गरिएको सार्वजनिक जमीन वडा कार्यालयले आफ्नो मातहतमा लिएको छ ।
अतिक्रमण गरि बसेका स्थानियहरु र वडा कार्यालयको द्धयीपक्षीय सहमतीमा अतिक्रमीत जग्गा फिर्ता गर्ने र वडा कार्यालयको मातहतमा रहने सहमती भएको छ ।
सो जमीनमा बसोबास गर्दै आएका ४२ घरधुरीलाई वर्गीकरणका आधारमा ४ देखी १० धुरसम्म घरबास दिने दुवै पक्षबिच सहमति भएको वडा अध्यक्ष मुरारी अधिकारीले जानकारी दिए । सो जग्गाको नक्साङ्कन गरी वडा कार्यालयको मातहतमा ल्याउने कार्य भईरहेको वडा अध्यक्ष अधिकारीले बताए ।
उनका अनुसार २ विघा अतिक्रमीत जमीन मध्ये अब १ बिघा ५ कठ्ठा जमीन वडा कार्यालयको मातहतमा र १५ कठ्ठा जमीन विगतदेखी बसोबास गर्दैआएका स्थानीयहरुले उपभोग गर्न पाउने भएका छन् ।
साबिकको फूलवारी गाउँ विकास समितीको जमीनमा २०४२ सालदेखीनै ४२ घरधुरीले अतिक्रमण गरि बसोबास गर्दै आएका थिए ।