प्रचण्डलाई बाबुरामको प्रश्न : मदन र म एउटै आमाका सन्तान पनि भन्ने कि ?

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को अभिव्यक्तिमाथि उनकै पूर्वसहयोद्धा डा.बाबुराम भट्टराईले प्रश्न गरेका छन्। मोरङमा शुक्रबार आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा प्रचण्डले मदन भण्डारीसँगको आफ्नो सम्बन्धबारे दिएको अभिव्यक्तिप्रति टिप्पणी गर्दै बाबुरामले यस्तो प्रश्न गरेका हुन्। सामाजिक सञ्जालमा सक्रिय बाबुरामले ट्विटरमार्फत् प्रचण्डलाई प्रश्न गरेका हुन्।