हलो जोत्ने महिला उपप्रमुख भन्छिन:महिलालाई अन्याय हुन दिन्न

ललित सिहं बझाङ १० साउन बझाङ जिल्ला मै पहिलो पटक हलो जोतेर चर्चामा आएकी थलारा गाउँपालिकाकी गंगु खडायत अहिले उपप्रमुखमा निर्वाचित भएकी छन । गलत सामाजिक मान्यता र कुसंस्कारका कारण महिलाहरु धेरै पिडामा रहेको बताउने गंगुले आफ्नो कार्यकाल महिला माथी हुने अन्याय अन्त्य गर्नका खर्चिने बताइन । २०५९ सालमा उनले हलो जोतिन । महिलाहरुले हलो जोत्दा अनिष्ट हुन्छ भन्ने मान्यता अहिले पनि कायमै रहेको समाजले उनको खोइरो खन्यो । विभिन्न खालका अफवाह र लान्छनाहरु खेप्नु पर्यो । तर पनि उनि विचलित भइनन् । लगातार ५ वर्ष सम्म आफ्ै हलो जोतेर आफ्नो खेती आफै लगाइन । ‘सबैका पुरुष सधै घरमा हुदैनन’ उनले भनिन ‘पुरुष घरमा नभएका महिलाहरुले आफन्तलाई हार गुहार गरेर हलो जोति माग्नु पथ्र्यो । हलो जोतिदिएकै भरमा पुरुष घरमा नभएका महिलाहरुले विभिन्न खालका यौन जन्य हिंसा र थिचोमिचो सहनु परेको देखे । अन्यायको जरा हलोमा अडकिएको देखेर हलो जोत्ने साहस गरेकी हुँ सुरुका वर्षमा महिलाले हलो जोत्दा खडेरी पर्छ अनिकाल पर्छ भनेर हल्ला फैलाए पनि पछि त्यस्तो केही नभए पछि उनको गाउँका धेरै महिलाहरुले आफै हलो जोत्ने साहस गरेको उनले बताईन । विसं २०२० सालमा भारतको कर्नाटकामा जन्मिएकी गंगु साविक पाराकाट्ने गाविसका दिलबहादुर खडायत संग विवाह गरेर २०४१ साल तिर बझाङ आएकी हुन्् । सुचना प्रविधीको शहरको रुपमा परिचित भारतको बैङ्गलोर सहरमा हुर्किएकी गंगुले बझाङ जस्तो अन्धविश्वासको पराकाष्ठा रहेको ठाउँमा आएर स्थापित हुन थुप्रै संर्घष गरिन । बझाङ आएको केही वर्ष मै उनका श्रीमानले छोडेर हिडे । एकल जस्तै बनेर एक सन्तानलाई हुर्काउने क्रममा उनले भोगेको कष्टले समाज बुझ्न सघायो । महिलाहरुलाई यति सम्मको तल्लो स्तरबाट हेरिन्छ होला भन्ने सोचेकी पनि थिइन’ उनले विगत सम्झिदै भनिन ‘आफुले नै परिवार समाजबाट भोग्नु सम्म पिडा भोगे । अनि विद्रोह नै गर्नु पर्छ भन्ने सोच पलायो’ २०४९ साल को स्थानिय निर्वाचनमा निर्विरोध वडा सदस्य भए पछि राजनिति सुरु गरेकी उनले त्यसवेला सम्म औपचारिक शिक्षा ५ कक्षा सम्म मात्र पढेकी थिइन । २०६७ सालमा ४७ वर्षको उमेरमा उनले एसएलसी गरिन । उपप्रमुख भैसके पछि गाउँपालिकाको समग्र विकास संगै महिलाहरु प्रति हेर्न दृष्टीकोणलाई न्यायपुर्ण बनाउन आफु रात दिन लाग्ने उनको भनाई छ । उनि भन्छिन ‘नियमले उपप्रमुखलाई न्यायिक समितिको जिम्मा दिएकोछ । हाम्रो समाजमा थुपै्र अन्याय र शोषणहरु काममै छन । महिला र बालबालिकाहरु वढी पिडित छन । उनिहरुलाई सुविधा हुने काम गर्छु’ मदिरा नियन्त्रण गर्नु आफ्नो पहिलो काम भएको बताउने गंगु भन्छिन ‘आफु कमाई नगर्न भएका कारण महिलाहरु बढी समस्यामा छन । विभिन्न खालका सिप सिकाएर महिलालाई गरिखाने बनाउनका लागी पहल गर्ने छु’। खानेपानीको सुविधा सबै गांउमा पुर्याउने, घाँसको बृक्षारोपण गर्ने देखी लिएर विपन्न बादी महिलाहरुलाई आत्मनिर्भर बनाउने सम्मका योजना सुनाउने गंगुले आफु कुरा भन्दा पनि काममा विश्वास गर्ने भएकाले थलाराका बासिन्दाहरुले आफुलाई चुनेको बताउछिन । उनि ढुक्क हुदै भन्छिन ‘हेदै जानुस, थलारामा तपाईले अन्त कतै नभएको काम भयो भनेर समाचार लेख्ने दिन छिट्टै आउदैछन । अन्तका मान्छेले हामीबाट सिक्ने गरि काम गर्छु’ महिलाहरुका पिडा माग्र्नका लागी आफु रात दिन नभनि खटेका कारण थलाराका बासिन्दाले आफुलाई पनि कुनै पार्टी नभनेर गंगु देवी खडयतको नाममा मत दिएको उनको दावी छ ।