डडेल्धुरामा गत आर्थिक बर्ष झण्डै ९३ प्रतिशत बजेट खर्च ।

राधा फुलारा/ डडेल्धुरा ८ सावन । डडेल्धुरामा गत आर्थिक बर्षको ९३ प्रतिशत बजेट खर्च भएको छ । गत आर्थिक बर्ष चालु तर्फ रु ३ अर्ब ८८ करोड ७७ लाख १३ हजार ८ सय १९ र पुजिगत तर्फ रु ६४ करोड ६२ लाख ४६ हजार गरी जम्मा रु ४ अर्ब ५३ करोड ३९ लाख ५९ हजार ८ सय १९ रुपया बजेट रहेको थियो । यस मध्ये ४ अर्ब २४ करोड ३५ लाख ४९ हजार ६ सय ७३ अर्थात ९३.५९ प्रपितशत खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय डडेल्धुराका लेखापाल राम प्रशाद ओझाले बताएका छन् ।
चालु तर्फ रु ३ अर्ब ८ करोड ७७ लाख १३ हजार ८ सय १९ मध्ये ३ अर्ब ६ करोड ४१ लाख ७४ हजार ६ सय ४६ अर्थात ९४.७४ प्रतिशत बजेट खर्च भएको छ ।
यस्तै पुजिगत तर्फ पुजिगत तर्फ रु ६४ करोड ६२ लाख ४६ हजार ५५ करोड ९३ लाख ७५ हजार २७ अर्थात ८६.५५ प्रतिशत बजेट खर्च भएको छ । यो बर्ष अरु आर्र्थिक बर्षको तुलनामा राम्रो खर्च भएको उनले बताएका छन् ।
यस्तै गत आर्थिक बर्षमा राजस्व आम्दानिबाट १४ करोड २६ लाख १२ हजार ४ सय ४४ रुपया आम्दानि भएको लेखा नियन्त्रण कार्यालय डडेल्धुराका लेखापाल ओझाले बताएका छन् । यो आर्थिक बर्ष ०७३÷७४ को भन्दा ५९ प्रतिशतले बढी हो ।
तर नया आर्थिक बर्षको एक साता बिति सक्दा पनि स्थानिय तहले भने खर्चको विबरण अझै पनि लेखा नियन्त्रण कार्यालय डडेल्धुरामा बुझाएका छैनन् ।