दार्चुलामा काग्रेस नेता मृत फेला

धनगढी ,७साउन /नेपाली काग्रेसका आमन्त्रित जिल्ला कार्य समिति दार्चुलाका सदस्य तथा तत्कालीन लाली गाविसका उपाध्यक्ष प्रमानन्द भट्ट मृत फेला परेका छन् । काठमाण्डौबाट घर फर्किने क्रममा आइतबार बेलुकी सल्सेना नजिकै सेजाली गाउँमा मृत फेला परेका हुन् । लामो समयदेखि काठमाण्डौमा परिवारको उपचारको लागि गएका भट्ट घर फर्किने क्रममा मृत भेटिएका हुन् ।
आउँदा आउँदै बाटोमा लडेकै अवस्थामा मृत भेटिएको स्थानीयले बताएका छन् । भट्टकी श्रीमतीको विगत ५/६ महिनायता काठमाण्डौमा उपचार भइरहेको छ । घट्नाको बारेमा जानकारी लिन इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट प्रहरी परिचालन भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।