हेलिकप्टर खोज्न प्रहरी सोलुको लाम्जुरापासतर्फ

काठमाडौं । आज बेपत्ता मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लाम्जुरा पहाडतर्फ गएर बेपत्ता भएको आशंकामा खोजी थालिएको छ ।
सोलुखुम्बुको सोलु दूधकुण्ड नगरपालिकाकी उपाध्यक्ष गान्धीमाया तामाङ्गका अनुसार वडा २ र लिखु पिके गाउँपालिकाको सीमा क्षेत्रमा पर्ने लाम्जुरा क्षेत्रमा फसेको आशंकामा खोजी थालिएको छ ।
लाम्जुरा पास पहाड रहेको २ नम्बर वडाका अध्यक्ष ङवाङ ठिले शेर्पाले आफ्नो क्षेत्रमा हेलिकप्टरबारे अपुष्ट खबर आएको बताए । ‘हेलिकप्टरबारे मलाई अपुष्ट जानकारी आएपछि प्रहरी खटाएको छु, यहाँबाट केही पनि देखिएको छैन’ उनले भने,’सम्भावित क्षेत्रमा खोजी जारी छ ।’
प्रहरी सहायक निरीक्षक निराजन बस्नेतको टोली पैदल रूपमा घटनास्थल पुग्दैछ । स्थानीय प्रहरी इकाइको टोली हेलिकप्टर हराइरहेको भनिएको क्षेत्रमा परिचालित भएको हो ।