कैलाली दुर्घटना अपडेटः एक जना भेरी अस्पताल रिफर अन्यको अवस्था सामान्य

धनगढी । कैलालीको पहलमानपुरमा बस र ट्रकमा एक आपसमा ठोकीदां दुर्घटना भएको छ । दुर्घटनामा परि १६ जना यात्रु घाईते भएका छन् ।
घोडाघोडी नगरपालिका–१० घुम्तिभाकल स्थित पूर्वपश्चिम राजमार्गमा बस र ट्रक एक आपसमा ठोक्किएर दुर्घटना भएको हो। पुर्वबाट पश्चिमतर्फ जादै गरेको मदिराको लोड गाडी सुदूरपश्चिम प्रदेश ०१–००१ख२७५९ नम्बरको ट्रक र पश्चिमबाट पुर्व तर्फ आउदै गरेको म १ ख ९०९ नम्बरको बस एक–आपसमा ठोक्किदा बस र ट्रकमा सवार यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक खगेन्द्र साउँदले बताए।
घाईते हुनेमा कैलालीको जोशीपुर गा.पा.५ बस्ने बर्ष अन्दाजी ३५ को बाल कृष्ण चौधरी, बैतडीको पाटन न.पा.७ बस्ने बर्ष ३८ को तेज सिंह ठगुन्ना बस चालक , कैलाली गोदावरी न.पा.२ बस्ने बर्ष ४० को बिर्ख बहादुर राना मगर बसको सहचालक, कैलालीको टिकापुर न.पा.१५ बस्ने बर्ष ४२ की यसोदा कठायत,सुर्खेत बर्ष ७० की मोति मिजारा, कैलाली घोडाघोडी न.पा,१ बस्ने बर्ष ५१ को प्रेम लाल चौधरी, कैलालीको टिकापुर न.पा.३ बस्ने बर्ष ३५ को पुष्पा सिर्पाली, बर्ष १० को जोन सिर्पाली,कैलालीको घोडाघोडा न.पा.१० बस्ने बर्ष २३ को चित्रा शाही कैलालीको बर्दगोरिया गा.पा.६ बस्ने बर्ष २५ की मिना बम, मिनाकी छोरी बर्ष १ कि सरस्वती बम,कैलालीको घोडाघोडी।न.पा.१० बस्ने बर्ष २१ को रुपेश शाही,कैलालीको टिकापुर न.पा.१ बस्ने बर्ष ३५ की कमला रावल भण्डारी, बर्दिया राजापुर न.पा.३ बस्ने बर्ष २२ कि सुष्मा चौधरी,सुष्माका छोरा बर्ष १ कायरन चौधरी, कैलाली घोडाघोडी न.पा ५ बस्ने बर्ष ४० कि फुलकुमारी चौधरी, घोडाघोडी नपा कै २६ कि रितिका चौधरी, सोही नगरपालिका बस्ने बर्ष १६ कि प्रगती चौधरी र कैलालीको टिकापुर न.पा.४ बस्ने बर्ष ४ को सलुन भण्डारी घाईते भएका जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।
बाल कृष्ण चौधरीको अवस्था सिरीयस भए पछि भेरी अस्पताल बाँके रिफर गरेको कैलालीका प्रहरी निरीक्षक साउँदले जानकारी दिए ।
उक्त दुर्घटना हुँदाको क्रममा नजिकै रहेका साईकल यात्री भाग्ने क्रममा सामान्य घाईते भई उनको स्थानिय कुष्मि मेडिकल पहलमानपुरमा उपचार भईरहेको रहेको छ ।
बस चालक ठगुन्नालाई थप उपचारको लागि कैलालीकै नोभा अस्पताल धनगढी रिफर गरीएको साउँदले जानकारी दिए ।