इन्जिनियरमाथि हातपातको रोजगार सेवा केन्द्र कर्मचारी हकहित मञ्चको बिरोध - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

सुदूरपश्चिम

इन्जिनियरमाथि हातपातको रोजगार सेवा केन्द्र कर्मचारी हकहित मञ्चको बिरोध

  • Phulbari Khabar Logo
    फूलवारी खवर
  • Logo
    २०८०-८-१८
  • सुन्नुहोस् 
1.46K   
 इन्जिनियरमाथि हातपातको रोजगार सेवा केन्द्र कर्मचारी हकहित मञ्चको बिरोध : Phulbari Khabar

धनगढी। कञ्चनपुरको लालझाडीका इन्जिनियर माथि हातपात रोजगार सेवा केन्द्र कर्मचारी हकहित मञ्च, सुदुरपश्चिम प्रदेश समितिले भत्सर्ना गरेको छ ।समितिकी सुदूरपश्चिम प्रदेश समितिकी संयोजक सुशिला देउवाले एक बिज्ञप्ती प्रकाशित गर्दै लालझाडी गाउँपालिका ईन्जिनियर रामप्रशाद अवस्थी माथि निर्माण व्यवसायीले हातपात गरेको प्रति आपत्ती जनाएको छ । मंसिर ११ गते लालझागीको कञ्ज गाउँमा निर्माणाधिन सडक कालोपत्रे निर्माणस्थलमा इन्जिनियर अवस्थी माथि ठेकदार कम्पनी कन्दकला कस्ष्ट्रक्सन प्रालिका सञ्चालक भीम बहादुर रानाले हातपात गरेका थिए ।

Phulbari Khabar

गाउँ कार्यपालिकाको कार्यालयबाट निर्माणाधीन योजना स्थलमा बोलाई स्थानीय निर्माण व्यवसायीले अपमानजनक एवं अश्लील गालीगलौज गरि कुटपिट गरेको घटना प्रति रोजगार सेवा केन्द्र कर्मचारी हकहित मञ्च, सुदुरपश्चिम प्रदेश समिति घोर भत्सर्ना गरेको छ ।

यस्ता कार्यले पिडित कर्मचारिको मान सम्मान, प्रतिष्ठामा अघात पुग्नुको साथसाथै सम्पुर्ण राष्ट्रसेवक कर्मचारीहरुको मनोबलमा अघात पुग्ने कार्य गरेकोले यस्ता दुव्यवहारजन्य काम गर्ने जोकोहीलाई पनि कानून बमोजिम छुट नभएको समितिले जनाएको छ । समितिले बिज्ञप्तीमा घटनामा संलग्न दोषीहरुलाई कानुनी कारवाहीको समेत माग गरेको छ ।

Phulbari Khabar
तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च