हामि संग जोडिनुहोस

समाचार

धनगढीमा सार्वजनिक शौचालय अभाव

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८०-८-४
  • सुन्नुहोस् 
474  
Banner

धनगढी । वि.स २०७५ साल जेठमा खुल्ला दिशापीसाब मुक्त घोषणा गरिएको कैलाली जिल्लाको मूख्य बजार र एकमात्र उपमहानगरपालिका धनगढीमा सार्वजनिक शौचालयको अभाब देखिएको छ ।  धनगढी उपमहानगरपालिकाको मुख्य बजार क्षेत्र क्याम्पस रोडदेखि भन्सार कार्यालयसम्म दश भन्दा बढि सार्वजनिक शौचालयको आवश्यकता रहेको बताइएको छ ।उपमहानगरपालिकाका डिभिजनल इन्जिनियर द्विजराज भट्ट का अनुसार अहिले उपमहानगरपालिकाको मुख्य सडकमा व्यवसायीहरूबाट १० भन्दा बढी सार्वजनिक शौचालयको माग आइरहेको छ । 

तर हाल धनगढी उपमहानगरपालिकाभित्र मुख्य सडकमा सार्वजनिक शौचालय छैनन् । धनगढी उपमहानगरपालिकाको कार्यालयले दिएको जानकारी अनुसार धनगढी बसपार्कमा दुई, उपमहानगरपालिकाको कार्यालय अगाडी एक वटा सार्वजनिक शौचालय सञ्चालनमा रहेका छन् ।

उपमहानगरपालिकाको मुख्य सडक तथा बजारमा मात्रै नभएर भित्रि सडक वा सहायक सडकमा समेत सार्वजनिक शौचालय निर्माण आवश्यक रहेको स्थानीय बताउछन् । स्थानीयका अनुसार अहिले मुख्य सडक वा बजारमा मात्रै नभएर शहिदगेटदेखि कैलाली बहुमुखी क्याम्पस सडकमा पनि सार्वजनिक शौचालयको आवश्यकता रहेको छ । धनगढीमा मानिसको चहलपहल हुने तथा सवारी साधनको चाप हुने सडक र बजारमा सार्वजनिक शौचालय निर्माण गर्नुपर्ने अवस्था रहेको छ । 

इन्जिनियर द्विजराज भट्टका अनुसार माग अनुसारको सार्वजनिक शौचालय निर्माण गर्न बजेट अभाव छैन तर सार्वजनिक शौचालय निर्माणका लागि आवश्यक जग्गा अभाव हुँदा सार्वजनिक शौचालय निर्माणमा समस्या भएको हो । 

बढ्दो शहरीकरण र जनसंख्याका कारण सार्वजनिक शौचालयको आवश्यकता बढेको छ, तर त्यसको ब्यवस्थापन सहि ढंगले हुन सकेको छैन । धनगढीमा खासगरी सहरी क्षेत्रमा सार्वजनिक शौंचालयको उचित व्यवस्था नहुँदा बटुवा र यात्रुले चर्को समस्या झेल्नु परेको छ ।


तपाइको प्रतिक्रिया दिनुहोस्