सरकार र आन्दोलनरत शिक्षकबीच भएको सहमतिमा राहत शिक्षककाे असहमति - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

राष्ट्रिय

सरकार र आन्दोलनरत शिक्षकबीच भएको सहमतिमा राहत शिक्षककाे असहमति

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८०-६-६
  • सुन्नुहोस् 
1.27K   
सरकार र आन्दोलनरत शिक्षकबीच भएको सहमतिमा राहत शिक्षककाे असहमति

काठमाडौं ।सरकार र आन्दोलनरत शिक्षकबीच भएको सहमतिमा राहत शिक्षकहरूले असहमति जनाएका छन्।

गृह मन्त्रालयमा सरकार र महासंघबीच भएको वार्तामा आफूहरुको माग सम्बोधन नभएको भन्दै राहत शिक्षकहरूले असहमति जनाएका हुन्।

माग सम्बोधन नभएको भन्दै नेपाल राहत शिक्षक संघतर्फका प्रतिनिधि बीचमै बैठक छाडेर बाहिरिएका हुन्।

समितिका अध्यक्ष खेमराज अधिकारीले यो सहमति केही महासंघका प्रतिनिधि र सरकारबीच भएको तर आफूहरुको सहमति नरहेको बताए। उनले ४५ हजार राहत शिक्षकको माग सहमतिपत्रमा नसमेटिएको बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च