धनगढी १९ मा तरुण दलको वडा कमिटि गठन - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

धनगढी १९ मा तरुण दलको वडा कमिटि गठन

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८०-६-३
  • सुन्नुहोस् 
1.12K   
धनगढी १९ मा तरुण दलको वडा कमिटि गठन

धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर १९ मा नेपाल तरुण दलको वडा कमिटि गठन गरिएको छ । आज मंगलवार धनगढी १९ मा करन विकको अध्यक्षतामा तरुण दल गठन गरिएको हो । तरुण दलको वडा कार्य समिति सचिवमा सुनिल शाही चयन भएका छन् । भने अन्य पदाधिकारी र सदस्यहरु सहितको पूर्ण कमिटि अध्यक्षको नेतृत्वमा पुरा गर्ने गरी आज अध्यक्ष र सचिब चयन गरिएको हो । 

नेपाल तरुण दल धनगढी १९ का निबर्तमान सभापति डबल बहादुर रोकायको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल तरुण दल कैलालीका जिल्ला सभापति निराजन खड्का प्रमुख आतिथि रहेका थिए । कार्यक्रममा कैलाली क्षेत्र नम्बर ५ का क्षेत्रीय सचिब महेश गोले, प्रदेश प्रतिनिधि लोकेन्द्र बहादुर सिंह लगायतको उपस्थिति रहेको थियो ।  


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च