कैलालीको गर्भामा नयाँ स्वास्थ्य केन्द्र भवन उद्घाटन - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

कैलालीको गर्भामा नयाँ स्वास्थ्य केन्द्र भवन उद्घाटन

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८२-१-११
  • सुन्नुहोस् 
 
कैलालीको गर्भामा नयाँ स्वास्थ्य केन्द्र भवन उद्घाटन

धनगढी। कैलालीको चुरे गाउँपालिका–४ गर्भामा नव निर्मित आधारभूत स्वास्थ्य सेवा केन्द्र भवनको उद्घाटन गरिएको छ।

चुरे गाउँपालिकाका अध्यक्ष चक्रबहादुर बोगटी र उपाध्यक्ष धनादेवी थापाले गर्भा आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन उद्घाटन गरेका हुन्।

 २०८१साउन १८ गतेबाट सुरु भएको स्वास्थ्य केन्द्रको भवन २०८२ वैशाख १० गते हस्तान्तरण गरिएको हो। एक करोड ११ लाख ९८ हजार नौ सय ८९ लागत रहेको भवनबाट गाउँपालिकाले स्वास्थ्य उपचार सेवा प्रवाह सुरु गरेको हो।

चुरे गाउँपालिकाले नयाँ भवनको निर्माणसँगै गर्भा क्षेत्रमा स्वास्थ्य सेवा पहुँचको गुणस्तरमा महत्वपूर्ण सुधार हुने अपेक्षा गरिएको छ। 

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च