कैलालीबाट प्याज, चिनी लगायतका अवैध सामान बरामद - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

कैलालीबाट प्याज, चिनी लगायतका अवैध सामान बरामद

  • Phulbari Khabar Logo
    फूलवारी खवर
  • Logo
    २०८१-१०-२८
  • सुन्नुहोस् 
408   
कैलालीबाट प्याज, चिनी लगायतका अवैध सामान बरामद  : Phulbari Khabar

धनगढी । कैलालीबाट प्रहरीले प्याज, चिनी लगायतका अवैध सामान बरामद गरेको छ ।शनिवार धनगढी उपमहानगरपालिका – १० सिमलघाट र भजनी नगरपालिका – ३ कनैयापुरबाट अवैध रूपमा भारतबाट भन्सार छली ल्याएका प्याज, चिनी, बदाम, बिडी, सुर्ती, फोटोकपी मेसिन लगायतका सामानहरू बरामद गरिएको हो । जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा ५० हजार ९५० रुपैयाँ बराबरका सामान बरामद गरेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

Phulbari Khabar


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

Phulbari Khabar
Phulbari Khabar