हामि संग जोडिनुहोस

समाचार

दार्चुलामा आमा र बच्चाको मृत्यु

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-१०-३
  • सुन्नुहोस् 
228  
Banner

धनगढी, । दार्चुलामा एक गर्भवतीको प्रसूतिका क्रममा मृत्यु भएको छ। जिल्लाको अपिहिमाल गाउँपालिका–१, आरुखोरकी २५ वर्षीया द्रौपती जागरीको मङ्गलवार राति साढे नौ बजे मृत्यु भएको हो।घरबाट दुई किलोमिटर दुरीमा रहेको सिति स्वास्थ्यचौकी पुग्नासाथ आमा र पेटको शिशुको मृत्यु भएको स्थानीय शिक्षक विरेन्द्रसिंह धामीले बताए। द्रौपतीको यसअघि तीन वर्षीया एक छोरी छिन्। स्वास्थ्यचौकी पुर्याउँदा उनलाई व्यथाले धेरै नै च्यापेको र पुग्नासाथ बेहोस भएकी थिइन। स्वास्थ्यचौकीमा प्रसूतिका निम्ति पर्याप्त उपकरण समेत नरहेको र धनगढी अस्पताल लैजान चार घण्टा हिँड्नुपर्ने अवस्था रहेको धामीले बताए।अपिहिमाल गाउँपालिका दार्चुलाको एक मात्र सडक सञ्जाल र विद्युत् सेवा नपुगेको पालिका हो। गएको सोमवार बझाङको केदारस्युँ गाउँपालिका–१ की २२ वर्षीया गर्भवतीको प्रसूतिका निम्ति स्वास्थ्य चौकी जाने क्रममा बाटोमै मृत्यु भएको थियो।


तपाइको प्रतिक्रिया दिनुहोस्