पत्रकार पुडासैनीको निधन - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

देश/प्रदेश

पत्रकार पुडासैनीको निधन

  • Phulbari Khabar Logo
    फूलवारी खवर
  • Logo
    २०८१-९-२१
  • सुन्नुहोस् 
726   
पत्रकार पुडासैनीको निधन : Phulbari Khabar

काठमाडौँ । पत्रकार श्यामसुन्दर पुडासैनीको गएराति निधन भएको छ । काठमाडौंको सरस्वतीनगरस्थित निवासमा राति करिब ११ बजे अकस्मात् ढलेका उनलाई उपचारका लागि चाबहिलस्थि हेल्पिङह्याण्ड अस्पताल लगिएको थियो ।

Phulbari Khabar

तर अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत्यु भएको घोषणा गरेका प्रेस चौतारीका महासचिव हिरामान लामाले जानकारी दिए । नुवाकोटको बेलकोटगढी नगरपालिका - ९ का ३३ वर्षीय पुडासैनी नेपाल भ्यूज अनलाइनमा उपसम्पादककारुपमा कार्यरत थिए ।

उनी प्रेस चौतारी नेपालको एशोसिएट प्रदेश उपाध्यक्ष समेत हुन् । उनी यसअघि माउन्टेन टेलिभिजन, हिमालयन टाइम्स दैनिक, प्राइम टेलिभिजन र रेडियो अन्नपूर्ण लगायतमा काम गरेका थिए । उनको शव पोस्टमर्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ ।

Phulbari Khabar


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च