कैलाली विशेष
धनगढीमा भदौ १४ देखि हुने डेउडा प्रतियोगिता
धनगढी। सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान र डेउडा प्रतिष्ठानको संयुक्त आयोजनामा सुदूरपश्चिम गौरा महोत्सव तथा प्रादेशिक डेउडा प्रतियोगिता हुने भएको छ। भदौ १४ ,१५ र १६ गते धनगढी उपमहानगरपालिकाको प्राङ्गणमा सञ्चालन गरिने आयोजकले आज धनगढीमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
‘भाषा, साहित्य,कला र संस्कृतिको संरक्षण गर्नु हाम्रो दायित्व हो।’ भन्ने मुल नाराका साथ २०७३ साल देखि निरन्तर प्रतियोगिता गर्दै आएको र २०८० मा ८ औं पटक गरिन लागेको डेउडा प्रतिष्ठानका महासचिव तोयाप्रसाद भट्टले बताएका छन्।
डेउडा प्रतियोगितामा प्रथम हुनेलाई नगद २१ हजार,द्वितीयलाई नगद १५ हजार, तृतीयलाई नगद ९ हजार र सान्त्वनालाई नगद ५ हजारका साथै प्रमाणपत्र प्रदान गरिने छन्। हरेक दिन एक जना उत्कृष्ट डेउडियालाई नगद पुरस्कार पनि प्रदान गरिने प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टि. एन. जोशी बताएका छन्।
तपाइको प्रतिक्रिया दिनुहोस्