हामि संग जोडिनुहोस

समाचार

झ्यालमा बाँधिएको अवस्थामा एक कर्मचारीको शव फेला

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-८-२३
  • सुन्नुहोस् 
327  
Banner

सप्तरीको राजविराजस्थित जिल्ला खेलकुद विकास समिति परिसरको भवनको झ्यालमा बाँधिएको अवस्थामा एक कर्मचारीको शव फेला परेको छ ।मृत फेला पर्नेमा गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालको टिकट काउन्टरमा कार्यरत अन्दाजी ४५ वर्षीय सुधीर कुमार झा रहेको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।मृतक झाका दुवै खुट्टाले भुईं टेकेको देखिन्छ । उनको घाँटीको डोरी झ्यालको रडमा बाँधिएको छ । प्रत्यक्षदर्शीले कसैले हत्या गरेर शव झ्यालको रडमा बाँधेर छाडेको हुनसक्ने अनुमान गरेका छन् ।आज बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।


तपाइको प्रतिक्रिया दिनुहोस्