कञ्चनपुरमा दम्पती हत्या प्रकरणः गंगारामले गरेका थिए धारिलो हतियार प्रहार - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

कञ्चनपुरमा दम्पती हत्या प्रकरणः गंगारामले गरेका थिए धारिलो हतियार प्रहार

  • Phulbari Khabar Logo
    फूलवारी खवर
  • Logo
    २०८१-८-२२
  • सुन्नुहोस् 
624   
कञ्चनपुरमा दम्पती हत्या प्रकरणः गंगारामले गरेका थिए धारिलो हतियार प्रहार : Phulbari Khabar

धनगढी । कञ्चनपुरमा दम्पती हत्या गरेको स्वीकार गरेपछि एक जना पक्राउ परेका छन्।लामो समयको खोज तथा अनुसन्धानपछि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले हत्या गरेको स्वीकार गर्ने एक जनालाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ताका उमेशराज जोशीका अनुसार दम्पतीको हत्या गरेको स्वीकार गरेपछि नियन्त्रणमा लिएको बताए। जिल्ला अदालतबाट १० दिनको म्याद थप गरेर अहिले थप अनुसन्धान भइरहेको उनले बताए।जिल्लाको लालझाडी गाउँपालिका–१ का ४५ वर्षीय रमेश बडायक र उनकी ४१ वर्षीया श्रीमती कमलाको हत्या गरिएको थियो। दम्पती हत्यामा संलग्न भएको पाइएपछि लालझाडी गाउँपालिका–२ का ५० वर्षीय गंगाराम चौधरी  (राना) लाई पक्राउ गरिएको डिएसपी जोशीले बताए। प्रारम्भिक बयानका क्रममा रानाले बडायक दम्पतीको हत्या गरेको स्वीकार गरेका छन्।कार्तिक ८ गते राति मदिरा सेवन गरेर बडायकको नास्ता पसलमा पुगेका रानाले मदिरा नदिएको निहुँमा धारिलो हतियार प्रहार गरि हत्या गरेको बयान दिएका छन्। उनले काठको डन्डाले बडायकलाई हिर्काएर बेहोस् बनाएका थिए। त्यसपछि धारिलो हतियारले प्रहार गरेका थिए। सुरुमा श्रीमानलाई आक्रमण गरेपछि श्रीमती कराएको र त्यहीँबेला श्रीमतीलाई पनि हत्या गरेको प्रहरीले जनाएको छ। बडायकको हत्यापछि घरको बरण्डामा झुलभित्र सुतिरहेकी उनकी श्रीमतीको पनि हत्या गरेको रानाले बताए।

Phulbari Khabar

कञ्चनपुर प्रहरीले यो घटनामा प्रदेश प्रहरी कार्यालयसँगै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोलीसँग पनि प्राविधिक सहयोग मागेको थियो। कार्तिक ९ गते बिहान आफ्नै घरमा दुवैको शव फेला परेको थियो। प्रहरीले घटनाबारे अनुसन्धान थालेपछि आक्रमण गर्ने व्यक्ति र कारण भने पत्ता लगाउन सकेको थिएन। घटनाको करिब डेढ महिनापछि रक्सीका कारण दुबै जनाको हत्या भएको प्रहरीले ठहर गरेको छ।रमेशको शव आँगनमा भेटिएको थियो भने उनकी श्रीमती कमलाको शव नजिकै बरन्डामा भेटिएको थियो। कमलाको शव सुत्ने ओछ्यानको नजिकै झुलमा रक्ताम्य अवस्थामा भेटिएको थियो। मृतक बडायक दम्पती लामो समयदेखि नास्ता पसल चलाउँदै आएका थिए। गाउँको घरभन्दा करिब साढे एक किलोमिटर टाढा उनीहरूले मदिरासहितको नास्ता पसल थियो। गत महिनाको ८ गते राति घटना घटेकोमा तत्कालै प्रहरीले अनुसन्धान थालेको थियो।यस अगाडि प्रहरीलाई चुनौतीपूर्ण मानिएको सो घटनाको अनुसन्धानका लागि सिआईबीको टोली पनि घटनास्थलमा खटिएको थियो। सो टोलीले प्राविधिक रुपमा समेत अनुसन्धान गरेको थियो। जसका लागि नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो  सिआईबी का दुईजना प्रहरी कर्मचारी घटनास्थलमा पठाइएका थिए। जसको नेतृत्व वरिष्ठ सई सुर्यभक्त श्रेष्ठले गरेका थिए। त्यस अगाडि पनि सो घटनाको अनुसन्धानका लागि छानबिनका काबिल मानिने सई पदम थापालाई त्यहाँ पठाइएको थियो। त्यस अगाडिदेखि जिल्ला प्रहरी कार्यालयका डीएसपी उमेश जोशीको टोलीसहित, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको पीआईटी टोली, नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरको अनुसन्धान टोलीले पनि घटनाको अनुसन्धान गरेका थिए।मृतक बडायक दम्पती लामो समयदेखि नास्ता पसल चलाउँदै आएका थिए। गाउँको घरभन्दा करिब साढे एक किलोमिटर टाढा उनीहरूले मदिरासहितको नास्ता पसल चलाउँथे। उनीहरू पसल रहेको घरमा बस्ने गरेका थिए। हत्यापछि रमेशको शव आँगनमा भेटिएको थियो भने उनकी श्रीमती कमलाको शव नजिकै बरन्डामा भेटिएको थियो। कमलाको शव सुत्ने ओछ्यानको नजिकै झुलमा रक्ताम्य अवस्थामा भेटिएको थियो। प्रहरीको प्रारम्भिक अनुसनधानबाट उनीहरुको बीभत्स हत्या भएको खुलेको थियो।


Phulbari Khabar
तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

Phulbari Khabar
Phulbari Khabar