अछाम । अछाममा भिरबाट लडेर एक जना घाइते भएका छन्। रामारोशन गाउँपालिका–५ का १८ वर्षीय गोकुल बुढा भिरबाट लडेर घाइते भएका हुन ।उनी घर नजिकै घाँस काट्नेक्रममा भिरबाट लडेर घाइते भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । घाइते बुढाको न्याय हेल्थ अस्पताल बयलपाटामा उपचार भइरहेको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्