हामि संग जोडिनुहोस

राजनीति

युवालाई विदेशिनबाट रोक्न साझा व्यवस्थापनको खाँचो : कांग्रेस सभापति देउवा

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-८-१२
  • सुन्नुहोस् 
153  
Banner

काठमाडौँ । सत्तारुढ कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले युवाहरूलाई विदेशिनबाट रोक्न एसियाली मुलुकहरूको साझा अवधारणासहितको व्यवस्थापनको खाँचो रहेको औँल्याएका छन् । काठमाडौंमा बुधबारदेखि सुरू छैटौँ एसियाली जनसंख्या सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभापति देउवाले युवाको विदेश पलायन रोक्नु नै चुनौतीको विषय भएको भन्दै यसतर्फ साझा व्यवस्थापनको खाँचो रहेको बताएका हुन् ।

सभापति देउवाले भने, नेपालको सवालमा ठूलो सङ्ख्यामा युवा अवसरको खोजीमा अन्यत्र सर्नेक्रम देखिएको छ । हामी एक्लैलेमात्र उनीहरूको ऊर्जा, उत्पादनशीलता, नवप्रवर्तन र उद्यमशीलतालाई व्यवस्थापन गर्नसक्ने अवस्थामा छैनौँ । युवापुस्ता राम्रो आम्दानीको स्रोतको खोजीमा बाहिर बसाइँ सर्दैछन् । त्यसैले एसियाको धेरै खालको विकासको अवधारणामा साझा व्यवस्थापनको खाँचो रहेको छ । उनले युवालाई आवश्यकताअनुसार उद्यमशीलतामा जोड्न नसकिए अझै युवा विदेशिनेक्रम बढ्ने पनि बताए ।


तपाइको प्रतिक्रिया दिनुहोस्