समाचार
धनगढीमा वन अतिक्रमण गरी बस्ती बसाउन खोज्ने ८ जना नियन्त्रणमा
धनगढी । कैलाली जिल्लाको धनगढी १६ स्थित सिद्धबाबा सामुदायिक वन क्षेत्र अतिक्रमण गरी घर टहरा बनाई रहेको अवस्थामा ८ जना पक्राउ परेका छन् । धुर्जन्ना गाउँमा रहेको खुटिया नदिको किनार खुल्ला वन क्षेत्रमा गए राति वन अतिक्रमण गरी घर टहरा निर्माण गर्दै गर्दा ८ जनालाई डिभिजन वन कार्यालय कैलालीले नियन्त्रणमा लिएको हो । सामुदायिक वनको २० हेक्टर बढी खाली जमिनमा गएर उनीहरू पाल टाँगेर घर छाप्रो बनाउने तयारी रहेको डिभिजन वन कार्यालय कैलालीका वन अधिकृत लोकराज दाहाल जानकारी दिए ।
वन क्षेत्रमा गए राति अतिक्रमण गरी घर टहरा निर्माण गर्दै गरेको गोप्य सूचनाका आधारमा डिभिजन वन कार्यालय कैलालीका प्रमुख कृष्ण दत्त भट्टको नेतृत्वमा गएको टोलीले स्थलगत अनुगमन गरी मङ्गलवार बिहान डिभिजन वन कार्यालय कैलाली अन्तर्गत पर्ने सब डिभिजनहरू, सशस्त्र वन रक्षक र डिभिजन वन कार्यालय पहलमानपुरको सशस्त्र वन रक्षक, सशस्त्र प्रहरीको संयुक्त टोलि गएको घटनास्थल पुगेर पाल टाँगेर, घरटहरा निर्माण गर्दै गरेको अवस्थामा सो जमिन खाली गराइएको हो ।
अतिक्रमण कारी २ सय भन्दा बढिको सङ्ख्या हुल रहेको, वन कार्यालयले तुरुन्तै घट्नास्थलमा पुगि अतिक्रमण हटाइएको फूलबारी सब डिभिजन वन कार्यालयका प्रमुख जिवक्ष यादवले जानकारी दिए । अतिक्रमण क्षेत्र हटाउँदा ८ जनालाई नियन्त्रणमा समेत लिएको छ । पक्राउ पर्नेमा मान बहादुर कामी, प्रेम सार्की, चक्र सार्की, टेकबहादुर भुल, मनि राम उपाध्याय, पवन रसाइली, मान बहादुर कामी, राजेश कामी रहेको यादवले भने । उनीहरू डोटी,कैलाली,बाजुरा,अछाम लगायतका जिल्लाबाट आएका हुन । उनीहरू यस अघि अत्तरिया र खुटियामा पनि अतिक्रमण गरी बस्ती बसालेको र सोही अनुरूप उक्त खाली क्षेत्रमा पनि बस्ती बसाउन आएको यादवले बताए । सो घटनाको थप अनुसन्धान गरी कारबाही गरी वन नियमावली २०७९ , वन ऐन २०७६ अनुसार वन अतिक्रमणको कसुरमा कारबाही गरिने यादवले जानकारी दिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्