समाचार
परराष्ट्रमन्त्री राणाको चीन भ्रमण स्वीकृत
काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाको चीन भ्रमण स्वीकृत भएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्रमन्त्री राणाको चीन भ्रमण स्वीकृत गरेको एक मन्त्रीले अनलाइनखबरलाई जानकारी दिए ।
परराष्ट्रमन्त्री राणा प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणको पूर्वतयारीका लागि चीन जान लागेकी हुन् ।उनले आफ्नो चीन भ्रमणबारे आजै बिहान पूर्वप्रधानमन्त्रीहरूसँगको छलफलमा पनि जानकारी गराएकी थिइन् । परराष्ट्रमन्त्री राणा १३ मंसिरमा चीनतर्फ प्रस्थान गर्ने बताईएको छ ।प्रधानमन्त्री ओली आगामी १७ मंसिरमा चीनको औपचारिक भ्रमणमा जाँदैछन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्