हामि संग जोडिनुहोस

खेलकुद

नेपाली क्रिकेट टिमद्वारा क्यानडाको ब्राम्टन, अन्टारियो रिजेनेरेसन आउटरिच कम्युनिटीलाई खाद्यान्न वितरण

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-६-१५
  • सुन्नुहोस् 
618  
Banner

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले क्यानडाको ब्राम्टन, अन्टारियोमा रहेको रिजेनेरेसन आउटरिच कम्युनिटीलाई करिब ३ हजार डलर बराबरको खाद्यान्न वितरण गरेको छ।यस सहयोग अभियानमा टिमका सबै खेलाडी, प्रशिक्षक, तथा टिमका अन्य अधिकारीहरूको उपस्थितिमा नेपाली समुदायका प्रतिनिधिहरूको समेत उल्लेखनीय सहभागिता रहेको थियो।खाद्यान्न वितरण कार्यलाई सफल बनाउन एनआरएनए क्यानाडा र लियाम फुड्स क्यानाडाको संयोजनमा स्थानीय व्यवसायी तथा व्यक्तिहरूले उल्लेखनीय आर्थिक सहयोग गरेका थिए ।ूनेपाली टिमको यो कदमले खेलकुद क्षेत्रमा मात्र नभई सामाजिक जिम्मेवारीको क्षेत्रमा पनि उदाहरणीय भूमिका रहेको देखिन्छ। यसरी अन्तर्राष्ट्रियस्तरमा खेलिरहेका खेलाडीहरूले आफ्नो व्यस्त तालिकाबाट समय निकाल्दै सामाजिक उत्तरदायित्व पूरा गर्नु भएकोमा एनआरएनए क्यानडाका उपाध्यक्ष किरोज् श्रेष्ठले भने।


तपाइको प्रतिक्रिया दिनुहोस्
Increase SEO, trust and sales using Google reviews.

ताजा समाचार