हामि संग जोडिनुहोस

अर्थ/बजार

एनएमबि बैंक फूलवारी शाखाद्वारा पाँच विद्यालयलाई सहयाेग हस्तान्तरण

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-६-१३
  • सुन्नुहोस् 
1.83K  
Banner

धनगढी। एनएमबि बैंक  लिमिटेड फूलवारी शाखाले संस्थागत समाजिक उत्तरदायित्व अन्तरगत शैक्षिक सामाग्री  वितरण गरेको छ ।
धनगढी उपमहानगरपालिका- १८ फूलवारीमा रहेकाे शाखाले  पाँच विद्यालयमा शैक्षिक सामाग्री वितरण गरेकाे हाे ।
जस अन्तरर्गत धनगढी-१४ फूलवारी स्थित सिद्धार्थ  आधारभूत विद्यालय, पन्चाेदय माद्यामिक विद्यालय , सर्वाेदय माद्यामिक विद्यालयमा शैक्षिक सामाग्री वितरण गरेकाे हाे । यस्तै धनगढी १८ का ईन्द्राेदय आधारभूत विद्यालय  र खप्तडी आधारभूत विद्यालयमा शैक्षिक सामाग्री वितरण गरिएकाे एनएमबि बैंक फूलवारी शाखाका प्रमुख करन धामीले जानकारी दिएका छन् ।  शैशिक सामाग्री वितरण गरिएका पाँचै विद्यालयलाई  प्रति विद्यालय ५० हजारका दरले दुईलाख पचास हजार बराबरको शैक्षिक सामाग्री वितरण गरिएकाे शाखा प्रमुख धामीले जानकारी दिएका छन् ।
विद्यालयमै पुगेर शाखा प्रमुख धामी र बैंकका  सुदूरपश्चिम प्रदेश प्रमुख श्याम अधिकारीले संयुक्तरुपमा चेक हस्तान्तरण गरेका थिए । सामाजिक उत्तरदायित्व  अन्तरगत हरेक वर्ष बैंकले समुदाय स्तरमा सहयाेग गर्दै आएकाे  प्रदेश प्रमुख अधिकारीले बताए ।  विगत लामाे समय देखि एनएमबि बैंकले  धनगढीकाे ग्रामिणबस्तीमा रहेर सेवा प्रदान गर्दै आएकाे छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्