राष्ट्रिय
‘रेडअलर्ट’ जारी सुदूरपश्चिमका तिन जिल्लामा २ दिन रात्रि बस चलाउन रोक
धनगढी। सुदुरपश्चिमका तिन जिल्लामा रात्रिकालीन बस नचलाउन आग्रह गरिएको छ । कैलाली, डोटी र अछाममा रेडअलर्ट जारी गरिएको हो। शुक्रबार सुदूरपश्चिमका एक–दुई स्थानमा अत्यधिक वर्षाको चेतावनी दिइएको छ। केही स्थानमा भीषणदेखि अत्यधिक वर्षाको सम्भावना छ। राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोलि र पर्सि रात्रिकालीन बस नचलाउन आग्रह गरेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहीबारदेखि आइतबारसम्म चार दिन भारी वर्षाको जोखिम छ । त्यसैले वर्षाको उच्च जोखिम रहेका हिमाली र पहाडी जिल्लाहरुमा भोलि र पर्सि ९११ र १२ गते० रात्रिकालीन बस नचलाउने निर्णय मनसुन पूर्व तयारी तथा प्रतिकार्य कमाण्ड पोष्टले गरेको छ । मौसम पूर्वानुमान महाशाखाले यसअघि विशेष बुलेटिन जारी गर्दै आइतबारसम्म भीषण वर्षाको चेतावनी दिइसकेको छ भने कैलाली, डोटी र अछाममा रेडअलर्ट जारी गरेको छ।
साथै धान नकाट्न र काटिसकेको भए तत्काल थन्क्याउन, तराई मधेश क्षेत्रसमा सकेसम्म भुइँतलामा अन्नपात नराख्न समेत प्राधिकरणले आग्रह गरेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्