हामि संग जोडिनुहोस

राजनीति

नेपालको आर्थिक वृद्धिदर झन्डै ५ प्रतिशत हुने एडीबीको अनुमान

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-६-८
  • सुन्नुहोस् 
51  
Banner

काठमाण्डौ । एशियाली विकास बैंक एडीबी ले नेपालको यस वर्षको आर्थिक वृद्धिदर चार दशमलव नौ प्रतिशत हुने अनुमान गरेको छ ।एशियन डेभलपमेन्ट आउटलुक सार्वजनिक गर्दै एडीबीले आर्थिक वर्ष २०८१र८२ मा नेपालको अर्थतन्त्र चार दशमलव नौ प्रतिशतले विस्तार हुने अनुमान सार्वजनिक गरेको हो । गएको आर्थिक वर्ष २०८०र८१ मा नेपालको आर्थिक वृद्धिदर तीन दशमलव नौ प्रतिशत थियो ।आन्तरिक मागमा वृद्धि, पूर्वाधार खर्चमा तीव्रता तथा पर्यटनसम्बन्धी सेवाको पुनरुत्थान, विद्युत् क्षमता वृद्धि लगायतले कुल गार्हस्थ्य उत्पादन  जीडीपी  मा सुधार देखिएको एडीबीको नेपालका लागि राष्ट्रिय निर्देशक आर्नो कोश्वाले बताउनुभएको छ । मनसुन राम्रो हुँदा रोपाइँ सप्रिएकाले धानको उत्पादन बढ्ने एडीबीले उल्लेख गरेको छ ।

यस्तै एडीबीले यो वर्ष नेपालको मूल्यवृद्धि दर पाँच प्रतिशतको सीमाभित्रै रहने अनुमान गरेको छ ।


तपाइको प्रतिक्रिया दिनुहोस्