हामि संग जोडिनुहोस

राजनीति

थापाथली पुगेर कान्तिपुरसँग लड्ने रास्वपा सभापति रविको घोषणा

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-६-८
  • सुन्नुहोस् 
75  
Banner

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी  (रास्वपा) का सभापति रवि लामिछानेले कान्तिपुर दैनिकलाई आफ्ना सबै पत्रकार तयारी अवस्थामा राख्न चुनौती दिएका छन् । आफू कान्तिपुरसँग कुरा गर्न आउन लागेको उल्लेख गर्दै उनले भएभरका पत्रकार र प्रश्न ठीक पारेर राख्न भनेका हुन् ।केही बेरअघि सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै उनले थापाथलीस्थित कान्तिपुरको कार्यालय प्राङ्गण वा सार्वजनिक स्थलमा अन्तरवार्ता गरी सोको ‘लाइभ’ गर्ने व्यवस्था मिलाउन च्यालेन्ज गरेका छन् । कान्तिपुरमा आज प्रकाशित समाचारप्रति आपत्ति जनाउँदै उनी यसरी खनिएका हुन् ।


पूर्व गृहमन्त्रीसमेत रहेका लामिछानेले कान्तिपुरलाई चेतावनी दिँदै अत्याचारविरुद्ध लड्ने घोषणासमेत गरे । ‘अब सरकारले जवाफ दिनुपर्छ, कान्तिपुरलाई खुशी नपारी बाँच्न नपाइने हो ? तिम्रो मालिक कान्तिपुर होला, मेरा मालिक जनता हुन् । समिति, प्रहरी, अदालतभन्दा कान्तिपुर ठूलो हो ठीक छ । म कान्तिपुरसँग कुरा गर्न आउँछु’,सामाजिक सञ्जालमा उनले लेखेका छन्,‘आफ्ना भएभरका पत्रकार र प्रश्न ठीक पारेर राख्नु । सारा जनताले हेर्ने गरी तिम्रो प्राङ्गणमा वा सार्वजनिक स्थानमा लाइभ गर्ने व्यवस्था गर्नु । परेको जिम्मा सरकारले र कान्तिपुरले लियोस् । यो अत्याचारविरुद्ध म लड्छु ।’

उनले आजै सो समाचारको खण्डन गर्न र कान्तिपुरलाई कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरेका छन् । कान्तिपुरको आज प्रकाशित पत्रिकाको ‘फ्रन्ट पेज’ मा सहकारीको रकम अपचलनको आरोपमा प्रहरी हिरासतमा रहेका पूर्वडिआजी छविलाल जोशीको बयानसँग सम्बन्धित समाचार छ । ‘प्रहरीमा छविको बयानः गोर्खा मिडियामा सहकारीको रकम ल्याउने आइडिया रविकै हो’,शीर्षकको समाचार झूठो भएको रविको दाबी छ ।उनले भनेका छन्,‘हिजो राति दिएको बयान हिजै कान्तिपुरले पाइसकेछ । आजै छापी पनि सकेछ । बयान पनि कस्तो ठ्याक्कै कान्तिपुरलाई चाहिएकोजस्तै फेरि रु संसदीय समितिमा छविलाल जोशीको बयानको मसी सुकेको छैन । महिना दिनअघिका ताजा बयान लिखित रुपमा सार्वजनिक छन् । कान्तिपुरको नियतबारे त मैले फेरि भनिराख्नु परेन । गलत लेख्ने फेरि माफी माग्ने, फेरि अफवाह लेख्ने, फेरि माफी माग्ने ।’

त्यस्तै, आफ्नो छवि सक्काउन खोज्दा कान्तिपुर आफैं सक्किएको उनको जिकिर छ ।


तपाइको प्रतिक्रिया दिनुहोस्