हामि संग जोडिनुहोस

समाचार

धनगढी उपमहानगरले छिमेकी पालिकामा सेवा दिन थप्यो २ शव चिस्यान यन्त्र

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-४-१७
  • सुन्नुहोस् 
354  
Banner

धनगढी। धनगढी उपमहानगरपालिकाले छिमेकी स्थानीय तहमा समेत शव चिस्यान सेवा दिने भएको छ। गत मंसिरबाट उपमहानगरपालिका क्षेत्रमा शव चिस्यान सेवा दिन थालिएकोमा अबदेखि धनगढीसँग सिमाना जोडिएका स्थानीय तहमा समेत शिव चिस्यान सेवा प्रदान गरिने भएको हो। उपमहानगरपालिकाले धनगढीसँग सिमाना जोडिएका पालिका बाहेकका स्थानबाट समेत माग आए सहयोग पुगाउन सकियोस् भनेर शव चिस्यान यन्त्र थपेको जनाएको छ।छिमेकी स्थानीय तहमा समेत सेवा प्रदान गर्न उपमहानगरले बिहिवार थप दुईवटा शव चिस्यान यन्त्र खरिद गरेको छ। दुई यन्त्र थप भएसँगै शव चिस्यान यन्त्रको सङ्ख्या पाँच पुगेको छ। धनगढी उपमहानगरपालिकासँग सिमाना जोडिएका गोदावारी नगरपालिका, गौरीगङ्गा नगरपालिका र कैलारी गाउँपालिकामा बसोबास गर्ने नागरिकले समेत शव चिस्यान सेवा पाउने नगर प्रमुख गोपाल हमालले बताए। नगर प्रमुख हमालले कञ्चनपुरको कृष्णपुर र पुनर्वास नगरपालिकामा पनि शव चिस्यान सेवा दिने बताए। कैलाली र कञ्चनपुरका ५ स्थानीय तहका नागरिकलेसमेत सेवा पाउने भएका हुन्।

विदेशमा छोराछोरी र आफन्त भएको अवस्थामा उनीहरू घर नपुग्दासम्म मृत शरीरलाई सुरक्षित राख्न शव चिस्यान यन्त्रको प्रयोग हुने गरेको छ। अधिकांश परिकारका कुनै न कुनै सदस्य घरबाट टाढा र विदेश भएकाले मृतक आफन्तको अन्तिम संस्कारमा सहभागी हुन समस्या हुने गरेको थियो। नगरवासीको यही समस्या समाधान गर्न गत वर्षको मंसिरबाट धनगढी उपमहानगरपालिकाले शव चिस्यान सेवा सुरु गरेको हो।


तपाइको प्रतिक्रिया दिनुहोस्
Increase SEO, trust and sales using Google reviews.

ताजा समाचार