समाचार
धनगढीमा खैरो हिरोइन जस्तो धुलो पदार्थसहित युवक पक्राउ

धनगढी । कैलालीको धनगढीमा लागुऔषधसहित एक युवक पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका ७ जोखर तालबाट सोही ठाउँ बस्ने २५ वर्षीय अर्जुन चौधरी पक्राउ परेका हुन् । उनलाई हिजो राति जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले १०० मिलिग्राम लागुऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थसहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्