पेट्रोल, डिजेल र मट्टीतेलको मुल्य घट्यो - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

पेट्रोल, डिजेल र मट्टीतेलको मुल्य घट्यो

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-४-१७
  • सुन्नुहोस् 
399   
पेट्रोल, डिजेल र मट्टीतेलको मुल्य घट्यो

काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य घटाएको छ । गएरातिदेखि लागू हुने गरी पेट्रोल र डिजेल, मट्टीतेलको मुल्य घटेको हो ।पेट्रोलमा प्रतिलिटर एक रूपैयाँ र डिजेल तथा मट्टीतेलमा दुई रूपैयाँ घटेको छ । निगमले तय गरेको नयाँ मूल्य विभिन्न ठाउँअनुसार लागू हुनेछ ।निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्गमा विभाजन गरेको छ । पहिलो वर्गमा पर्ने चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्रमा अब पेट्रोलको मुुल्य लिटरको १६७ रूपैयाँ ५० पैसा पर्नेछ ।त्यस्तै डिजेल र मट्टीतेल १५५ रूपैयाँ ५० पैसा पर्नेछ । दोस्रो वर्गमा पर्ने सुर्खेत र दाङ क्षेत्रमा अब पेट्रोलको मुल्य लिटरको १६९ रूपैयाँ तथा डिजेल र मट्टीतेलको भाउ १५७ रूपैयाँ पर्नेछ ।यस्तै तेस्रो वर्गअन्तर्गत काठमाण्डौ, पोखरा र दिपायल क्षेत्रमा अब पेट्रोलको मुल्य लिटरको १७० रूपैयाँ तथा त्यस्तै डिजेल र मट्टीतेलको भाउ १५८ रूपैयाँ पर्नेछ ।


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च