हामि संग जोडिनुहोस

समाचार

मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-४-१४
  • सुन्नुहोस् 
891  
Banner

धनगढी । कञ्चनपुरको कृष्णपुुरमा मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्ग अन्तरगत कृष्णपुर नगरपालिका–५ मा सुदूरपश्चिम प्रदेश ०१००९प ३७७७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्री ५६ वर्षीय कृष्णपुर नगरपालिका–६ का हेमराज चौधरीको मृत्यु भएको हो।आइतवार साँझ मोटरसाईकलको ठक्करबाट गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। दुर्घटनामा मोटरसाइकल चालक कृष्णपुर नगरपालिका–७ कालियापुर बस्ने ३१ वर्षीय राजकुमार राना घाइते भएका छन्।


तपाइको प्रतिक्रिया दिनुहोस्
Increase SEO, trust and sales using Google reviews.

ताजा समाचार