कैलाली विशेष
प्रहरीद्धारा धनगढीमा तस्करीको सामान बरामद

धनगढीः कैलालीबाट प्रहरीले तस्करीको सामान बरामद गरेको छ। वडा प्रहरी कार्यालय धनगढीबाट खटिगएको प्रहरी टोलीले उक्त समान बरामत गरेको हो । जिल्लाको धनगढी उपमहानगरपालिका–२ राम जानकी मन्दिर नजिकबाट भन्सार छलिका अन्दाजी दुई लाख १२ हजार मुल्य बराबरको जेन्स मोजा र लेडिज मोजा बरामद गरिएको छ।
यस्तैसुदूरपश्चिाम प्रदेश प्रहरी कार्यालय धनगढी र प्रहरी चौकी त्रिनगरबाट खटिगएको प्रहरी टोली पनि भन्सार छलीको समान बरामत गरेको छ । धनगढी–३ बाट भन्सार छलिका अन्दाजी एक लाख ९० हजार छ सय मुल्य बराबरको चस्मा र चस्माको ग्लास बरामद गरिएको छ। बरामद गरेको सामान कारबाहीका लागि त्रिनगर भन्सार कार्यालय बुझाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी निरिक्षक गंगा बडुले जानकारी दिएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्