हामि संग जोडिनुहोस

राष्ट्रिय

भोलियन्टियर्स क्रप्स नेपालद्वारा हावाहुरी प्रभावितलाई राहत वितरण

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-३-२७
  • सुन्नुहोस् 
504  
Banner

धनगढी । भोलियन्टियर्स क्रप्स नेपाल नामक गैरसरकारी संस्थाले कैलाली जिल्लाको दुर्गम पहाडी मोहन्याल गाउँपालिकाका हावाहुरी प्रभावितहरुलाई रहात सामग्री वितरण गरेको छ । कैलालीलाई सुगम जिल्ला मानिएता पनि यहाँका दुई ग्रामिण पालिकामा राज्यको अझै पनि ध्यान जानसेको छैन । 

जेठ पहिलो र दोस्रो साता गएको बिनासकारी हावाहुरीबाट घरटहरा भत्काएर प्रभावित बन्न पुगेका मोहन्याल गाउँपालिकाको वडा नम्वर ३, ६ र ७ का १ सय २० जना प्रभावितलाई चुरे वातावरण तथा जैविक विविधता संरक्षण मञ्च—नेपालका अध्यक्ष तथा वरिष्ठ पत्रकार बीरेन्द्रबहादुर रावलको आग्रहमा भोलियन्टियर्स क्रप्स नेपाल नामक संस्थाले राहत सामग्री वितरण गरेको हो ।

भोलियन्टियर्स क्रप्स नेपालकी उपाध्यक्ष राधा मताङ्गीले मंगलबार हावाहुरी प्रभावितलाई चामल, नुन, तेल, साबुन, प्लास्टिकको बाल्टिन र जग लगायतका सामग्रीहरु वितरण गरेकी हुन् । उनले राहत सामग्री वितरण गर्दै विपद्मा भोलियन्टियर्स क्रप्स नेपाल नेपालीहरुका लागि सहारा बन्दै गएको बताइन् । उनले विकाससंगै बिनास हुने कुरालाई जोड्दै बिनासले नै विकासको मुल पुटाउने गरेको बताइन् ।

एसियामा ‘पुष्प रानी’का नामले परिचित उनले जहाँ प्राकृतिक तथा जैविक विपद् हुन्छ, त्यहाँका जनताको आलो घाउमा मलम लगाउन आफू पुग्ने गरेको बताउँदै सेवा नै मानव धर्म रहेको बताइन् । भोलियन्टियर्स क्रप्स नेपालले रहात सामग्री वितरण मात्र नभई पीडितहरुलाई उत्पादनमा पनि जोड्दै आएको बताउँदै उनले भनिन्, ‘नेपाल कृषि प्रदान देश भएकाले हाम्रो संस्थाले कृषिलाई प्राथमिकतामा राखेर उत्पादनमा जोड दिँदै आएको छ ।’

उनले भोलियन्टियर्स क्रप्स नेपालले शिक्षा र स्वास्थ्यका क्षेत्रमा पनि काम गर्दै आएको बताइन् । उनले जाजरकोट, बाजुरा, बझाङ र डोटीका भुकम्प पीडितहरुका लागि पनि घर निर्माण गर्दै आइरहेको बताइन् ।

त्यस्तै चुरे वातावरण तथा जैविक विविधता संरक्षण मञ्च—नेपालका अध्यक्ष तथा वरिष्ठ पत्रकार बीरेन्द्रबहादुर रावलले भोलियन्टियर्स क्रप्स नेपाललाई धन्यवाद दिएका छन् । हावाहुरी प्रभावित जनतालाई राहत वितरण गर्न कैलालीको दुर्गम ग्रामिण पालिका मोहन्यालमा भोलियन्टियर्स क्रप्स नेपालकी उपाध्यक्ष राधा मताङ्गीलाई स्वागत गर्दै उनले धन्यवाद ज्ञापन गरे । 

राहत वितरण कार्यक्रममा मोहन्याल गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष नवराज कठायत, पूर्ववडा अध्यक्ष खरप्रसाद अधिकारी, वडा नम्बर ७ का पूर्ववडा अध्यक्ष टीकाराम भण्डारी, पत्रकार, समाजसेवी र स्थानीयहरुको उपस्थिती रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्