हामि संग जोडिनुहोस

समाचार

एमालेले परिणाम दिन सक्ने नेतालाई सरकारमा पठाउने

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-३-२६
  • सुन्नुहोस् 
132  
Banner

काठमाडौं । नेकपा एमालेले परिणाम दिन सक्ने व्यक्तिलाई सरकारमा पठाउने निश्कर्ष निकालेको छ ।बुधबार बसेको एमालेको सचिवालय बैठकले सरकारको काम प्रभावकारी बनाउन परिणाम दिन सक्ने व्यक्तिलाई सरकारमा पठाउने नीतिगत निश्कर्ष निकालेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

२८ असारमा प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका विश्वासको मत मागेपछि सरकार गठन प्रक्रिया अघि बढ्ने उनले बताए । नेपाली कांग्रेस र नेकपा एमालेबीच एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन गर्ने सहमति भइसकेको छ ।

एमाले उपमहासचिव ज्ञवालीका अनुसार कांग्रेस र एमालेले बराबरीको हैसियतमा नै सरकार सञ्चालन गर्नेछन् । सरकारमा सहभागी हुन चाहने दललाई संसदमा रहेको उक्त दलको हैसियत अनुसार स्थान दिन सकिने उनले बताए ।


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च