हामि संग जोडिनुहोस

समाचार

ढकारीका कार्यलय प्रमुख शाह माथि भएको हातपातको विरोधमा कार्यालय बन्द

  • Logo
    प्रमिला धनाडी
  • Logo
    २०८१-३-२६
  • सुन्नुहोस् 
561  
Banner

धनगढी । अछामको ढकारी गाउँपालिका  कार्यलय प्रमुख लक्ष्मण शाहमाथि हातपात  भएको भन्दै  कार्यालयका कर्मचारी आन्दोलित भएका छन् ।  कार्यालय प्रमुख शाहलाई हिजो  २४ गते  ढकारी २ बस्ने टंकबहादुर  साउदले  हातपात गरेको भन्दै उनीहरू आन्दोलित भएका हुन् ।

कार्यालय प्रमुख शाह माथि भएको हातपातको विरोध गर्दै कर्मचारीहरूले आज कार्यालयको आकस्मिक वाहेक  सबै सेवाहरु ठप्प गरेका छन् पालिकामा कार्यरत कर्मचारीहरूले  आज एक विज्ञप्ती जारी गर्दै कर्मचारीहरूको सुरक्षाको प्रत्याभूतिका जोड दिन सरोकारवाला निकायको ध्यानाकर्षण समेत गरेका छन् । दोसीलाई कारवाही नभएसम्म कार्यालयका  कार्यलयको कामकाज अनिश्चतकालका लागि बन्द गरिएको समेत  विज्ञप्ति मार्फत जानकारी गराइएको छ । आन्दोलनका कारण कार्यालय बन्दभएपछि सेवाग्राहीहरू समस्यामा परेको बताईएको छ ।



तपाइको प्रतिक्रिया दिनुहोस्