हामि संग जोडिनुहोस

राष्ट्रिय

सामान्य पेट दुखेर निसर्गमा भर्ना भएकी एक युवतीको मृत्यु

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-३-२६
  • सुन्नुहोस् 
1.06K  
Banner

धनगढी। धनगढीकी एक युवतीको निसर्ग अस्पतालमा मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १ शिवनगर बस्ने २१ वर्षीया लक्ष्मी जोशीको सोमबार राति ३ बजे मृत्यु भएको हो । सामान्य पेट दुखेर राति १२ बजे अस्पताल भर्ना भएकी उनको तीन घण्टाको फरकमा उपचारको क्रममा मृत्यु भएको हो ।

आफन्तहरुले भने अस्पतालकै लापरबाहीले मृत्यु भएको आरोप लगाएका छन् । मृतकका काका हेमराज जोशीले चिकित्सकको लापरबाहीले भतिजिको मृत्यु भएको बताए । मृतक जोशी धनगढीको खप्तड कलेजमा हेल्थ असिस्टेन्ट (एचए) पढ्दै गरेकी थिइन् । उनी धनगढीकै नवजीवन अस्पतालमा ‘ओजेटी’ गरिरहेकी थिइन् । अस्पताल प्रशासनले भने उपचारमा अस्पतालको कुनै लापरबाही नभएको दावी गरेको छ ।


तपाइको प्रतिक्रिया दिनुहोस्