समाचार
पहिरोमा परेर एक बालकको मृत्यु, ३ घाइते

रुकुम पूर्व । रुकुम पूर्वमा पहिरोमा परेर एक बालकको मृत्यु भएको छ । गएराति सिस्ने गाउँपालिका–२ दल्लुगैरामा पहिरोले चार जनालाई बगाउँदा ११ वर्षीय सरगम बुढाको मृत्यु भएको हो ।
वडा नम्बर १ का कर्णबहादुर बुढाको परिवारका उनीहरु गोठमा सुतिरहेका थिए । पहिरोमा बगेका बालकका ४० वर्षीय बुबा, ३८ वर्षीया आमा र ९ वर्षीया बहिनीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ । उनीहरूलाई उपचारका लागि रुकुमकोट पठाइएको प्रहरीले बताएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्