हामि संग जोडिनुहोस

समाचार

कञ्चनपुरमा बेपत्ता भएका तीनैजना किशोरीको शव फेला

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-३-२५
  • सुन्नुहोस् 
279  
Banner

कञ्चनपुर .  कञ्चनपुरमा खाल्डोमा जमेको पानीमा डुबेर बेपत्ता भएका तीन किशोरीको शव फेला परेको छ ।सोमबार पुनर्वास नगरपालिका–५ -ग_ गाउँ रातोखालेको पानीका डुबेर सोही ठाउँका १५ वर्षीया लक्ष्मी बोगटी, १५ वर्षीया सृजना बोगटी र १६ वर्षीया आरती बोगटीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।

डुबान भएको खल्ला क्षेत्रमा पौडी खेल्ने क्रममा उनीहरु तीनै जना बेपत्ता भएका थिए । लक्ष्मी र सृजनाको शव फेला परेको केही घण्टा पछि आरतीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी उमेश जोशीले जानकारी दिए ।




तपाइको प्रतिक्रिया दिनुहोस्